१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १४ सोमबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १४ सोमबार १६:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंको फोहोर नउठ्दा १६ वर्षदेखिको गाली खानुपर्‍याे : मेयर शाक्य (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १४ सोमबार १६:३९:oo

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सिसडोलमा गाडी जान नसकेका कारण फोहोर उठ्न नसकेको बताएका छन्।  न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले अहिले पनि केही गाडीहरू फोहोर लिएर गए पनि जुन अनुपातमा नियमित रूपमा जानुपर्ने हो त्यो हुन नसकेको बताए। फोहोर व्यवस्थापनको पहल गरिरहेको उनकाे भनाइ छ। 

‘हामी काठमाडौं महानगरपालिका आफैँले गर्नुपर्ने कामका लागि आफैँ पहल गरिरहेका छौँ। नेपाल सरकारका विभिन्न निकायहरूसँग पहिला पनि हाम्रो सहकार्य थियो। अहिले पनि हामी सहकार्य गरिरहेका छौँ,’ उनले भने, ‘विशेषतः सबैलाई थाहा भएकै कुरा हो । यो अहिलेको मात्र समस्या होइन । लामो समयदेखि काठमाडौंमा फोहोरको समस्या छ। पहिला मूलपानीमा पनि व्यवस्थापन गर्दा यस्तै समस्या थियो। मूलपानीबाट हामीले विष्णुमती किनारमा पनि फोहोर व्यवस्थापन गर्‍याैँ। त्यसपछि हामी सिसडोल गयौँ। सिसडोल गइसकेपछि पनि हामीले दुई वर्षको भनेर लियौँ। अब १६ वर्ष भइसक्यो।’ १६ वर्षदेखिको गाली आफूले खानुपरेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्। 

‘अहिले काठमाडौं महानगरपालिका मात्रैको होइन, ललितपुरमा हेरे पनि त्यस्तै छ, ठिमीमा हेरे पनि त्यस्तै छ, अरू नगरपालिकामा हेरे पनि त्यस्तै छ, सबैतिर फोहोर थुप्रिएको छ, यो एउटा महानगरको मेयरको मात्र चिन्ताको विषय होइन, समग्र उपत्यकाको हो, त्यसैले संघ र प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने विषय हो। यो महानगरको मेयरले मात्रै गर्छ भनेर सबै पन्छिएर होइन, यस्तो वेलामा सबै मिलेर, सबैले स्वामित्व लिएर, सबैले जिम्मेवारी बहन गरेर समाधानतिर लाग्नुपर्छ,’ उनले भने।

बाटो बनाउन सडक विभागलाई भनेको शाक्यले बताए। प्रधानमन्त्रीले आफ्नैअगाडि तुरुन्तै फोन गरेर यो बाटो बनाउन सडक विभागलाई निर्देशन दिएको उनले बताए। बाटो बन्यो भने भोलिदेखि नै फोहोर उठाउने उनको भनाइ छ।