Skip This
अनलाइन गेममा किशोरले खर्च गरिदिए आमाको १६ लाख रुपैयाँ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १३ आइतबार
  • Monday, 08 July, 2024
एजेन्सी नयाँ दिल्ली
२o७८ भदौ १३ आइतबार १४:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

अनलाइन गेममा किशोरले खर्च गरिदिए आमाको १६ लाख रुपैयाँ

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
२o७८ भदौ १३ आइतबार १४:२५:oo

पछिल्लो समय अनलाइन गेम खेल्ने बालबालिका तथा किशोरकिशोरीको संख्या बढ्दै गएको छ । लामो समय पब्जी र फ्रिफायरजस्ता खेल खेल्नेहरूमा नकारात्मक प्रभाव पर्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् ।

यस्ता गेमको लतमा फसेका बालबालिकाले आत्महत्या गरेका, ठूलो रकम खर्च गरेकाजस्ता धेरै घटनाहरू बाहिरिएका छन् । भारतमा यस्तै अर्को एउटा घटना भएको छ । मुम्बईका १६ वर्षका एक किशोरले परिवारको १० लाख भारतीय रुपैयाँ खर्च गरिदिएका छन् । उनले गेममा हतियार किन्ने क्रममा १६ लाख नेपाली रुपैयाँ खर्च गरेका हुन् ।

भारतीय दैनिक पत्रिका भास्करका अनुसार ती किशोरले गेममा हतियार किन्ने क्रममा आफ्नी आमाको बैंक एकाउन्टबाट १० लाख खर्च गरेका हुन् । महिनौको कमाइ केही क्षणमै खर्च गरेका उनलाई आमा–बाबुले गाली गरेपछि उनी घर छाडेर हिँडेका बताइएको छ ।

यसअघि मध्यप्रदेशका एक १३ वर्षीय किशोरले अनलाइन गेममा ४० हजार भारु तथा उत्तर प्रदेशका तीन बालकले ११ लाख भारु खर्च गरेका थिए ।

ad
ad
ad
ad