१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o८:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मुगु अस्पतालमा छैनन् विशेषज्ञ डाक्टर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:५६:oo

जिल्ला अस्पताल मुगुमा विशेषज्ञ डाक्टर नहुँदा बिरामीको जटिल उपचार सेवा प्रभावित भएको छ । अस्पतालमा काज सरुवा भई आएका एमडिजिपी चिकित्सक सिद्धार्थध्वज खाती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान फर्केपछि अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव भएको हो । उनी ३ भदौमा आफ्नो काजको म्याद थप्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान गएका थिए । तर, प्रतिष्ठानले उनलाई फिर्ता नपठाउने मनसाय देखाएको छ ।

अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा विभिन्न उपचार सेवा अवरुद्ध भएको, जटिल खालका बिरामीले सास्ती भोग्नुपरेको निमित्त जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक ज्ञानसिंह बुढाले बताए । विशेषज्ञ डाक्टर खाली भएसँगै मुगु अस्पतालबाट एक सातामा आठजना बिरामी बाहिरी जिल्लामा रिफर भएका छन् । अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा हर्निया, हाइड्रोसिल, जटिल सुत्केरी अप्रेसनलगायतका सेवा अवरुद्ध भएका छन् । जटिल प्रकृतिका बिरामीलाई कर्णाली प्रतिष्ठान जुम्ला, भेरी अस्पताल नेपालगन्ज र प्रादेशिक अस्पताल सुर्खेत रिफर गर्नुपर्ने अवस्था आएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

अस्पतालमा विशेषज्ञ चिकित्सक खाली भएपछि मंगलबार जिल्ला स्वास्थ्य सेवा कार्यालयले सर्वदलीय बैठक राखेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कर्णाली प्रदेश तथा संघलाई विशेषज्ञ चिकित्सकको व्यवस्था गरिदिन आग्रह गर्ने निर्णय गरेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बुढाले जानकारी दिए । जिल्ला अस्पतालमा करिब एक दर्जन करार चिकित्सक कार्यरत भए पनि विशेषज्ञ चिकित्सक भने छैनन् । भौगोलिक विकटता, सेवासुविधाको अभावजस्ता कारण देखाएर मुगु अस्पतालमा विशेषज्ञ चिकित्सक बस्न नमान्दा जटिल प्रकारका बिरामीको उपचारमा समस्या आएको हो ।

ad
ad