१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ७ सोमबार
  • Saturday, 06 July, 2024
विवेक पोख्रेल भरतपुर
२o७८ भदौ ७ सोमबार १८:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

खाग तस्करीमा संलग्न पाँचजना पक्राउ

Read Time : < 1 मिनेट
विवेक पोख्रेल भरतपुर
नयाँ पत्रिका भरतपुर
२o७८ भदौ ७ सोमबार १८:२o:oo

खाग तस्करीमा संलग्न रहेका पाँचजना दुई वर्षपछि पक्राउ परेका छन्। नवलपरासीस्थित मर्दीघोल क्षेत्रमा धारिलो हतियार प्रयोग गरी वयस्क गैँडा मारेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ ।

निकुञ्जको अमल्टारी सेक्टर कार्यालयअन्तर्गत बाँदरझुला पोस्टको मर्दीघोल क्षेत्रमा संयुक्त गस्ती टोलीको ‘हात्ती स्विपिङ अपरेसन’को क्रममा ०७६ भदौ ३१ मा खाग काटिएको गैँडाको हाडखोर भेटेको थियो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अनुसन्धानको क्रममा १५ प्रतिवादीहरूको विभिन्न सांगठनिक तहमा संलग्नता रहेको खुल्न आए पनि पाँचजनालाई प्रकाउ गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कारबाहीका लागि जिल्ला अदालत नवलपुरमा बझाइएको छ। बाँकी १० प्रतिवादीको खोजीकार्य जारी रहेको उनले बताए।

पक्राउ पर्नेहरूमा मकवानपुरको बागमती गाउँपालिका– ३, पाँचपाण्डवका ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, जाजरकोटको शिवालय गाउँपालिका– २, डुङ्ग्राका २७ वर्षीय वीरबहादुर बस्नेत र चितवन खैरहनी नगरपालिका– ६ रिजालटोलका आरास उप्रेती रहेका छन्। गैँडा तस्करीमा नै कारागारमा रहेका रणबहादुर भन्ने जितबहादुर कुमाल र तारा चेपाङलाई पनि निकुञ्जले अनुसन्धानको लागि झिकाएको थियो।

पक्राउ परेका नेपाली आफूलाई प्रहरीको सुराकी र बस्नेतले घुमन्ते प्रहरी बताउँछन्। उप्रेती चितवनकै एक अस्पतालको ल्याबमा काम गर्दथे। उप्रेतीले नेपाली र बस्नेतलाई चितवनमा मान्छे चिनाउनेदेखि विभिन्न काममा सहजीकरण गरेको बताउँछन्।

बञ्चरोले काटेको खाग पकाएर ५५ लाखमा बिक्री 
नवलपरासीस्थित मर्दीघोलमा बन्दुक हानी मरेको गैँडाको खाग बञ्चरोले काटेर चितवनको कालिका– ९ मा प्रतिवादीको घरमा पकाई वीरबहादुर बस्नेतलाई बिक्री गरिएको थियो। बस्नेतबाट खाग लिएर मेखबहादुर नेपालीले काठमाडौंमा फरार प्रतिवादीलाई बेचेका थिए। नेपालीले ५५ लाखमा खाग बिक्री गरी बस्नेतलाई ५० लाख दिएको र बस्नेतले अन्य प्रतिवादीहरूलाई दिएको अनुसन्धानमा खुलेको छ।

ad
ad
ad
ad