१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ४ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ भदौ ४ शुक्रबार २२:o८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एन्फाद्वारा सी डिभिजन फुटबल छनोट तालिका सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ ४ शुक्रबार २२:o८:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक सी डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एन्फाले शुक्रबार सातदोबाटोमा कार्यक्रम आयोजना गरी खेलतालिका सार्वजनिक गरेको हो । 

 यही भदौ १० गतेदेखि काठमाडौं उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ए का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्ने छन् । त्यही दिन अर्को खेल एफसिएस एस र गोदावरी युनाइटेडबीच हुनेछ । सी डिभिजन लिगमा देशभरबाट ७८ क्लबको सहभागिता रहने एन्फाले जनाएको छ । उक्त लिग आगामी कात्तिक ८ गतेसम्म चल्नेछ । एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा तीनवटा क्लबलाई समावेश गरिएको छ । प्रत्येक क्लबले समूह चरणमा दुई खेल खेल्नेछन् ।

समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण र नकआउट चरणलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता क्लब सी डिभिजन लिगमा छनोट हुनेछन् । एन्फा लिग संयोजक विज्ञानराज शर्माले छनोटमा क्लबको सहभागिता उल्लेख्य रहेको बताए । उनले अर्को वर्षदेखि पायक पर्ने प्रदेशमा नै छनोट खेल खेलाउने जानकारी दिए । छनोट प्रतियोगितामा बागमती प्रदेशका ६१, प्रदेश १ का सात र अन्य पाँच प्रदेशका दुई–दुई क्लब रहेका छन् ।