मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ३ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ३ बिहीबार १८:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपालको एमाले समाजवादीलाई वामदेव गौतमको समर्थन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ३ बिहीबार १८:३८:oo

पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका एमाले उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित एमाले समाजवादीलाई समर्थन गर्ने भएका छन् । एकता अभियानको कार्यसम्पादन समितिको बिहीबारको बैठकमा गौतमले नेपाल नेतृत्वको एमाले समाजवादीलाई समर्थन गरेर अघि बढ्ने बताएका हुन् । 
 
एकता अभियानका सचिव बाबुराम थापाका अनुसार गौतमले बृहत् कम्युनिस्ट एकतामा जोड दिएका छन् । ‘बृहत् एकताका लागि माधवकुमार नेपालले नेतृत्व गर्नुभएको एमाले समाजवादीसँग संवाद गर्ने कुरा भएको छ,’ उनले भने । आवश्यक गृहकार्य गर्न गौतमले अभियानका सहसंयोजक हरि पराजुली र सचिव थापालाई जिम्मा दिएका छन् । 

कार्यसम्पादन समितिको अर्को बैठकले आवश्यक निर्णय लिने थापाले जानकारी दिए । एमाले अध्यक्ष केपी ओलीको कार्यशैलीका कारण एकतामा समस्या भए पनि बृहत् कम्युनिस्ट एकताका लागि पहल जारी राख्ने निष्कर्षमा गौतम पुगेका छन् ।