Skip This
महासंघको भिजन पेपर कार्यान्वयन गर्न राजनीतिक दलसँग छलफल सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ३ बिहीबार
  • Monday, 08 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ३ बिहीबार o७:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

महासंघको भिजन पेपर कार्यान्वयन गर्न राजनीतिक दलसँग छलफल सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ३ बिहीबार o७:५६:oo

राष्ट्रिय आर्थिक रूपान्तरण–२०३० भिजन पेपर प्रभावकारी कार्यान्वयनका लागि नेपाल उद्योग वाणिज्य महासंघले राजनीतिक दलहरूसँगको छलफललाई अगाडि बढाएको छ । यही क्रममा महासंघले मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरूसँग भिजन पेपर कार्यान्वयनका विषयमा छलफल गर्‍यो ।

छलफलमा महासंघका अध्यक्ष शेखर गोल्छाले भिजन पेपरका बारेमा जानकारी गराउँदै यसको सफल कार्यान्वयनमा सबै राजनीतिक दलहरूको सहयोग खोजेको बताए । देशको अर्थतन्त्र १ सय अर्ब अमेरिकी डलर पुर्‍याउने, थप २३ लाख अतिरिक्त रोजगारी सिर्जना गर्ने र जिडिपीको अनुपातमा व्यापार घाटा आधा घटाउने मुख्य लक्ष्यका साथ ल्याइएको भिजन पेपरको सफल कार्यान्वयन सरकार, सबै राजनीतिक दलहरू, निजी क्षेत्रको संयुक्त सहयोग र सहकार्यबाट मात्र सम्भव हुने उनको भनाइ थियो ।

सरकारको वार्षिक बजेट तथा राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत आएका कतिपय कार्यक्रम तथा नीतिहरू भिजन पेपरको कार्यान्वयनलाई सहज बनाउने खालको आएको अध्यक्ष गोल्छाले बताए । भिजन पेपरको सफल कार्यान्वयनका लागि महासंघले सयवटा प्रयासहरूको पहिचान गरेको र तीमध्ये करिब आधाजतिको कार्यान्वयनको थालनी भइसकेको जानकारी दिए ।   सरकार र राष्ट्र बैंकको उचित सहयोगका कारण पहिलो कोभिड लहरपश्चात् केही क्षेत्रबाहेक अन्य क्षेत्रहरू सहज रूपमा माथि उठ्न सके पनि दोस्रो लहर अर्थतन्त्रका लागि बढी घातक हुन पुुगेको अध्यक्ष गोल्छाको भनाइ थियो ।  

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट तीनैजना अध्यक्षहरूले आफ्नो दल यतिखेर आर्थिक नीति बनाउने तयारीमा रहेकाले निजी क्षेत्रसँग सल्लाह–सुुझाब लिने उद्देश्यले महासंघको नेतृत्वसँग छलफल गर्न आएको जानकारी गराए । महासंघले अगाडि सारेको भिजन पेपर र त्यसले लिएका लक्ष्यहरू निकै नै महत्वपूर्ण रहेको र यो दस्ताबेज सरकार तथा सबै राजनीतिक दलहरूका लागिसमेत अत्यन्त महत्वपूर्ण रहेको भन्दै सफल कार्यान्वयनमा आफ्नो दलको तर्फबाट पूर्ण सहयोग रहने विश्वास पनि दिलाए । 

ad
ad
ad
ad