१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १८:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्न आयोगको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:o१:oo

राष्ट्रिय मानव अधिकार आयोगले आफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा रहेका नेपालीको अवस्थाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विशेषगरी श्रम स्वीकृति नलिई त्यहाँ पुगेका र भिसा अवधि समाप्त भएका नेपाली बढी जोखिममा रहेकाे आयोगले जनाएको छ। उनीहरू बेरोजगार अवस्थामा रहेकाे तथा खान र बस्न समस्या भोगिरहेकाे भन्दै आयोगले त्यहाँ भएका नेपालीको यकिन तथ्यांक सरकारसँग नभएकोमा चिन्ता व्यक्त गरेको छ।

‘अफगानिस्तानमा जोखिममा रहेका नेपाली नागरिकको यकिन तथ्यांक र वास्तविक अवस्था पत्ता लगाई शीघ्र र सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण मिलाउनका लागि थप प्रभावकारी कूटनीतिक पहल गर्न तथा जोखिमपूर्ण अवस्थामा रहेकाहरूको जीवनरक्षा गरी मानव अधिकारको संरक्षण गर्न आयोग सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

ad
ad