मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २५ सोमबार
  • Friday, 20 December, 2024
एमके भद्रकुमार
२o७८ श्रावण २५ सोमबार १o:३३:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अफगानिस्तानमा सिरिया पुनरावृत्ति हुन खोज्दै

सिरियाका ठाउँमा अफगानिस्तानलाई राखेर हेर्दा सिरियाझैँ अफगानिस्तान पनि दिन–प्रतिदिन राजधानीमा खुम्चिँदै जाने देखिन्छ

Read Time : > 2 मिनेट
एमके भद्रकुमार
नयाँ पत्रिका
२o७८ श्रावण २५ सोमबार १o:३३:oo

संस्थापनसँग सम्बन्ध भएको मस्कोको दैनिक पत्रिका भेडोमोस्टीका अनुसार उज्बेकिस्तान र ताजिकिस्तानमाथि अफगानिस्तानबाट हमला भए रुसले ‘सीमित सैन्य सहयोग’ गर्ने बताएको छ । ‘यो सैन्य सहयोगमा हतियार आपूर्ति, हवाई सेवा र विशेष टुकडी परिचालन हुनेछ, तर स्थलको प्रमुख बल भने परिचालित गर्ने योजना छैन ।’ सो पत्रिकामा उद्धृत गरिएको रुसी रक्षा मन्त्रालयनिकट स्रोतका अनुसार विशेष टुकडीको कारबाहीले ‘तनावको स्थिति पैदा भए’ प्रमुख भूमिका खेल्नेछ । सो रिपोर्टअनुसार एक सुरक्षा मामिला विज्ञ भन्छन् ‘यदि परिस्थिति बिग्रेर जटिल हुन्छ भने रुसी कारबाही सिरियामा गरिएको जस्तो हुन सक्छ, अर्थात् विशेष मिसन तैनाथ हुनेछन् र हवाई आक्रमण हुनेछ । उनी थप्छन्, ‘सम्भावित खतरालाई रोक्न अनियन्त्रित बमको सीमित प्रयोग गरिनेछ ।’ 

निःसन्देह रुसी सैन्य तयारी तीव्र गतिमा अघि बढिरहेको छ । रुस, ताजिकिस्तान र उज्बेकिस्तानका करिब २५ सय सैन्य दस्ता २१ देखि २६ साउनसम्म अफगानिस्तान सीमादेखि २० किलोमिटर दूरीमा रहेको ताजिकिस्तानको खर्ब–मैदोनमा सैन्य अभ्यास गरिरहेका छन् । यी २५ सस सेनामा करिब १८ सय रुसी सेना ताजिकिस्तानमा रहेको २०१औँ रुसी सैन्य अखडाबाट झिकिएका हुन् ।

यस सन्दर्भमा रुसको सेन्ट्रल मिलिटरी डिस्ट्रिक्ट लेफ्टिनेन्ट जेनरल येभ्गेनी पोप्लाभ्स्कीले ‘सैन्य खतरा दिनानुदिन बढ्दै छ र समय तनावपूर्ण एवं अनिश्चित बनिरहेको छ । संयुक्त सैन्य अभ्यासले हाम्रा सञ्चित सैन्य अनुभवबारे जानकारी दिनेछ र सैन्य परिचालन उचित परीक्षण एवं युद्धबारे हाम्रा साझा रणनीतिमा काम गर्नेछौँ भनेर सञ्चारमाध्यमलाई जानकारी दिएका थिए । त्यसबाहेक अघिल्लो साता समानान्तर रुस–उज्बेक ‘रणनीतिक अभ्यास’ भयो, जुन अफगानिस्तान सीमा तेर्मेजको अमु दर्मियामा शुक्रबार समापन भएको थियो । चाखलाग्दो के छ भने रुसको मध्य सैन्य क्षेत्रका कमान्डर मिखाइल तेप्लिन्स्कीले ‘यो अभ्यास सिरियाका अवैध सशस्त्र समूहविरुद्ध गरिएको कारबाहीको रुसी सैन्य अनुभवमा आधारित छ’ भनेका थिए ।     

उज्बेकिस्तानको अफगानिस्तानसँग १४४ किलोमिटरको सीमा जोडिएको छ, जुन तुर्कमिनिस्तान र ताजिकिस्तानको सीमासँग पनि जोडिएको छ । अर्थात्, दुई त्रिदेशीय सीमा रहेका छन् । त्यसका तुलनामा ताजिकिस्तानको अफगानिस्तानसँग सीमा एक हजार तीन सय ५७ किलोमिटर रहेको छ, जुन सीमा पश्चिममा उज्बेकिस्तान र पूर्वमा चीनसँग जोडिएको छ । विकट हिमाली भूभागका कारण ताजिक–अफगान सीमामा सीमा गस्ती निकै कठिन छ । यस सन्दर्भमा रुस–उज्बेक–ताजिक सैन्य अभ्यास भौगोलिक विकटतासँग जुध्न विशेष समूहको निर्माण गर्न केन्द्रित छ । सिरियाझैँ रुससँग युद्ध गर्न बाइडेन प्रशासन अफगानिस्तानमा खुला सैन्य उपस्थितिको वातावरण निर्माण गर्न उद्यत छ भन्ने रुसी संस्थापनको बुझाइ छ । अमेरिकाको भूराजनीतिक उद्देश्यका मामिलामा मस्कोको गम्भीर सन्देह छ । रक्षामन्त्री सेर्गेई सोइगुले हालै अमेरिकाको कडा शब्दमा आलोचना गरेका थिए । अफगानिस्तानमा स्वभावतः सबैथोक हारिसकेको अमेरिकाले मध्य–एसियामा नियन्त्रण जमाउने नियत राखेको उनको ठम्याइ थियो ।    

सिरियाझैँ रुससँग युद्ध गर्न बाइडेन प्रशासन अफगानिस्तानमा खुला सैन्य उपस्थितिको वातावरण निर्माण गर्न उद्यत छ भन्ने रुसी संस्थापनको बुझाइ छ   

यो ‘विशाल परिदृश्य’ले के संकेत गर्छ ? अफगानिस्तानमा हुने निकट गृहयुद्धले थुप्रै प्रभावशाली वृत्तको निर्माण हुनेछ । यी वृत्त एक ठाउँमा आउनुले ठूलो रक्तपात र निर्दोष जनता भयानकस्तरको आन्तरिक विस्थापनको चपेटामा पर्नेछन् । साउदी संस्थापनको दैनिक पत्रिका असर्क अल–अब्सतले सिरियाली द्वन्द्वबारे लेखेको थियो– हाल रुसी सेना मानव संसाधनको कमी, आर्थिक संकट र विदेशी सेनाको हस्तक्षेपको कारण देखाई सिरियाली सेनाले मुलुकका सबै क्षेत्रमा नियन्त्रणमा राख्न सक्दैन भनेर विश्वस्त छ ।’ त्यही भएर रुसका लागि प्रभाव क्षेत्रहरूमा ‘अस्थायी समाधान’ छ । अर्थात् उत्तरपश्चिममा टर्की, उत्तरपूर्वमा अमेरिका, दक्षिणपश्चिममा फ्री सिरियन आर्मी र मध्यपश्चिमका भागमा इरानी सरकारसँग सम्झौतामा पुग्नु रहेको छ । 

सिरियाका ठाउँमा अफगानिस्तानलाई राखिदिँदा भविष्य कस्तो देखिनेछ ? सिरियाझैँ अफगानिस्तान पनि दिन–प्रतिदिन राजधानीमा खुम्चिँदै जानेछ । विडम्बना, ऐतिहासिक सांस्कृतिक बिरासत बोके पनि अफगानिस्तान र सिरिया मुलुकका रूपमा एकदमै नयाँ हुन् । स्वाभाविक रूपमा पाकिस्तानलाई सीमा खुला राख्न र अफगान शरणार्थी भित्रिन दिन अमेरिकी दबाबको प्रतिरोध गरिरहेको छ । मेरो विचारमा तालिबानले पाकिस्तानलाई ठूलो कृपा गरिदिएको छ, अर्थात् दक्षिणपूर्वी क्षेत्रको चमन–स्पिन बोल्डाकको पाकिस्तानी अनधिकृत कब्जालाई पाकिस्तानकै भूभागमा पर्ने गरी तालिबानले सीमा बन्द गरिदिएको छ ।

पाकिस्तानले २६ सय ११ किलोमिटरको डुर्‍यान्ड लाइनमा (अफगानिस्तान र पाकिस्तान सीमा) ९० प्रतिशतभन्दा बढी क्षेत्रमा बार लगाइसकेको छ । आधुनिक प्रविधिमा लगाइएको बारका साथसाथै सीमा क्षेत्रमा ठूलो मात्रामा सिसिटिभी क्यामरा जोडिएका छन् । त्यसैगरी कुन्दुज र तखर तालिबान नियन्त्रणमा नआउँदासम्म रुस र मध्यएसियाका मुलुक तुलनात्मक रूपमा सुरक्षित छन् । पश्चिममा निमरोड कब्जा गर्दा इरानलाई सीमा सुरक्षामा सहयोगी बनेको छ । तालिबानले आफ्ना छिमेकीलाई सुरक्षाको प्रत्याभूति दिलाएको छ । भारत मात्रै एक अपवाद बनेको छ । यस सन्दर्भमा भारत सचेत हुनु जरुरी छ । 
(भद्रकुमार पूर्वभारतीय कूटनीतिज्ञ हुन्)  न्युजक्लिकइनबाट