काठमाडौं महानरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्ने भएको छ।
काठमाडौं भ्यु टावरको नक्सा प्रक्रिया नै पूरा नगरी स्वीकृत गरेको भन्दै महानगरले उनीमाथि छानबिन गर्न लागेको हो। महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार यस विषयमा थप छानबिन गरी नियमविपरीत कार्य गर्ने जोकसैलाई कानुनबमोजिम कारबाही प्रक्रियाका लागि सम्बन्धित निकायमा सिफारिस गरिनेछ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीमाथि पनि कार्यपालिकाको निर्णय किर्ते गरेको आरोप लागेको थियो।