मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २० बुधबार
  • Thursday, 19 December, 2024
गणेश लम्साल विराटनगर
२o७८ श्रावण २० बुधबार ११:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रीमतीले चुरोट खान नदिएपछि छिमेकी भाउजूलाई एसिड प्रहार 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ श्रावण २० बुधबार ११:४१:oo

सुनसरीका एक युवाले श्रीमतीले चुरोट खान नदिएको रिसले नातामा भाउजू पर्ने छिमेकी महिलालाई एसिड प्रहार गरेर घाइते बनाएका छन् । सुनसरी बराहक्षेत्र नगरपालिका– ३ हर्दिया बस्ने ३० वर्षीय रोमन राजधामीले २८ वर्षीया श्रीमती सरु भन्ने सरस्वती बस्नेतले चुरोट खान नदिएको रिसले नातामा भाउजू पर्ने  छिमेकी ४३ वर्षीया श्यामकुमारी राजधामीलाई एसिड प्रहार गरेर घाइते बनाएका हुन् ।  

प्रहरीको अनुसन्धान र घाइतेको बयानअनुसार १२ साउन साँझ श्रीमान् रोमनले श्रीमतीसँग चुरोट मागेका थिए । तर, श्रीमती सरुले चुरोट नदिएपछि रिसाएका उनले  राति १० बजे घरमा राखेको एसिडको बोतल लिएर श्रीमतीलाई छ्याप्न खोजेका थिए । श्रीमानले नै एसिड छ्यापेर ज्यान लिन खोजेपछि श्रीमती सरु भागेर छिमेकीको घरमा लुक्न पुगेकी थिइन् ।

एसिडको बोतल बोकेर खेदाउँदै पुगेका श्रीमान् रोमनले श्रीमती नभेटेपछि बचाउन आउने नातामा भाउजू पर्ने श्यामकुमारीलाई बोतलबाट एसिड छ्यापेका थिए । एसिडले पोलेर श्यामकुमारी चिच्याउन थालेपछि उनका छोराहरू आएर जोगाएका थिए । आमालाई जोगाउने क्रममा उनीहरू पनि एसिडको छिटा लागेर सामान्य घाइते भएका छन् ।  

एसिड प्रहारबाट गम्भीर घाइते भएकी श्यामकुमारीलाई धरानस्थित बिपी कोइराला प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि उनको उपचार विराटनगरस्थित म्याक्स अस्पतालमा भएको थियो । १८ साउनमा अस्पतालबाट डिस्चार्ज भएर श्यामकुमारी घर फर्केकी छिन् । एसिड प्रहारले श्यामकुमारीको अनुहार, हात र शरीरमा घाउ बनाएको छ ।