मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १४ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ श्रावण १४ बिहीबार १५:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काबिल र रचनात्मक सहयोगीहरू राख्न देउवालाई नेपालको सुझाब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ श्रावण १४ बिहीबार १५:५o:oo

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानममन्त्री शेरबहादुर देउवालाई काबिल र रचनात्मक सहयोगीहरू राख्न सुझाब दिएका छन् ।

विश्व बाघ दिवसको अवसरमा बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले  आफू प्रधानमन्त्री रहँदा सहयोद्धाहरू राम्रो भएकाले प्रकृति संरक्षणको सम्बन्धमा राम्रो काम गर्न सकेको भन्दै त्यसप्रति आफूलाई आनन्द र गौरवबोध हुने गरेको बताए । 

उनले भने, ‘प्रधानमन्त्री मात्रै पर्याप्त हुँदोरहेनछ । सहयोगी, सहयोद्धाहरू पनि त्यस्तै काबिल चाहिन्छ । समर्पित चाहिन्छ । रचनात्मक चाहिन्छ ।’ उनले बाघको रक्षामा सबैले ध्यान पुर्‍याउनुपर्ने बताए । प्रकृतिको संरक्षण भए मात्रै मानव जातिको संरक्षण हुने उनले बताए ।