मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १३ बुधबार २१:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक वर्षमा सात हजार तीन सय फरार अभियुक्त पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १३ बुधबार २१:०२:००

अदालतले दोषी ठहर गरेर फरार रहेका अपराधीलाई पक्राउ गर्ने नेपाल प्रहरीको अभियानले सफलता पाएको छ । आर्थिक वर्ष ०७७-७८ मा अघिल्लो वर्षमा भन्दा दुई सय १६ प्रतिशत धेरै पक्राउ परेका छन् । 

प्रहरी प्रधान कार्यालयका अनुसार ०७७ को साउनदेखि ०७८ को असारसम्म सात हजार तीन सय ९० जना फरार अभियुक्त पक्राउ परेका छन् । अघिल्लो वर्ष दुई हजार तीन सय ३२ जना पक्राउ परेका थिए । फैसला कार्यान्वयनको अभियानमा प्रहरीलाई अभूतपूर्व सफलता प्राप्त भएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए । 

गत वर्ष फरार अपराधीबाट प्रहरीले ४८ करोड ८९ लाख ७४ हजार राजस्व संकलन गरेको छ भने चार हजार २१ वर्ष आठ महिना कैदसमेत भुक्तान भएको छ । अदालतले दोषी ठहर गरेर पनि सजाय भुक्तान नगरेकाहरूलाई पक्राउ गर्न अभियान चलाइएको र त्यसमा सफलता प्राप्त भएको प्रवक्ता कुँवरको भनाइ छ । 

गत आर्थिक वर्षमा लागुऔषध बरामद पनि बढेको छ । लागुऔषध मुद्दामा एक वर्षमा चार हजार ६ सय २६ जना पक्राउ परेका छन् । लागुऔषध बरामद पनि अघिल्लो वर्षभन्दा ५२ प्रतिशतले बढेको छ । 

गत आर्थिक वर्षमा समग्रमा अपराध भने ४.२४ प्रतिशतले घटेको छ ।