१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ७ बिहीबार
  • Saturday, 05 July, 2025
२o७८ श्रावण ७ बिहीबार १८:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्य मन्त्रालयले दियो कोरोनाको तेस्रो लहरको चेतावनी, पूर्वाधार चुस्तदुरुस्त राख्न निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमााडौं
२o७८ श्रावण ७ बिहीबार १८:o७:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहरको चेतावनी दिएको छ। निषेधाज्ञा खुकुलो भएसँगै बुझी–नबुझी लुकिछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यका मापदण्ड उल्लंघन भएको भन्दै मन्त्रालयले तेस्रो लहरको चेतावनी दिएको हो।

मन्त्रालयले आज बिहीबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन, शय्यालगायतका पूर्वाधारहरू तयारी अवस्थामा राख्न स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ। ‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्नेतर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरूको अक्सिजन, शय्यालगायतका पूर्वाधार तथा सेवाहरू चुस्तदुरुस्त राख्न अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलाली जिल्लामा अझै पनि पाँच सयभन्दा धेरै तथा २६ जिल्लामा दुई सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। 

संक्रमणको जोखिम बढिरहेको भन्दै मन्त्रालयले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संवेदनशील र जिम्मेवार भई जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैमा अनुरोध गरेको छ।