१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १४:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

मंगलबार अन्तरिक्ष यात्रा गर्दै अर्बपति बेजोस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका एजेन्सी
२o८१ बैशाख १९ बुधबार १४:३४:oo

अर्बपति व्यापारी जेफ बेजोसले आज मंगलबार अन्तरिक्षका लागि उडान भर्ने भएका छन् । उनी आफ्ना भाइ मार्क बेजोस, ८२ वर्षीय पूर्वपाइलट वेली फंक र १८ वर्षीय एक छात्रसहित अन्तरिक्ष यात्रामा जान लागेका हुन् । उनीहरू बेजोसको कम्पनी ब्लु ओरिजिनले निर्माण गरेको ‘न्यु सेफर्ड’ यानबाट अन्तरिक्षमा जान लागेका हुन् । अन्तरिक्ष पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बेजोसको कम्पनी ब्लु ओरिजिनले यो यान बनाएको बताइएको छ ।

यानमा ठूला–ठूला ‘झ्याल’हरू राखिएको छ, जहाँबाट यात्रीहरूले पृथ्वीको सुन्दर दृश्यहरू अवलोकन गर्न सक्नेछन् ।  ‘म निकै उत्साहित छु । मानिसहरूले मलाई म नर्भस छु कि भनेर सोधिरहेछन् । तर, म नर्भस छैन । म उत्सुक छ । हामीले (यो यात्रामा) के सिक्छौँ भन्ने कुरा म जान्न चाहन्छु,’ उडान अघि बेजोसले पत्रकारहरूसँग भने ।

बेजोसको यात्रालाई अर्बपतिहरूको स्पेस रेस (अन्तरिक्ष दौड) भनिएको छ । गत साता अर्का अर्बपति सर रिचर्ड ब्रैनसनले आफ्नै यान भर्जिन ग्यालक्टिकमार्फत अन्तरिक्षको सफल यात्रा गरेका थिए ।  न्यु सेफर्डले यात्रीहरूलाई पृथ्वीको सतहबाट सय किलोमिटर माथिको उचाइमा लैजानेछ, जहाँ उनीहरूले माइक्रोग्राभिटी (ज्यादै कम गुरुत्वाकर्षण) महसुस गर्नेछन् । त्यहाँबाट यात्रीलाई प्यारासुटबाट पृथ्वीमा फिर्ता ल्याउने बताइएको छ ।

 

ad
ad