मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २९ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असार २९ मंगलबार १३:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जापानद्वारा नेपाललाई १६ लाख एस्ट्राजेनेका खोप दिने घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार २९ मंगलबार १३:४७:oo

जापान सरकारले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने घोषणा गरेको छ । यो अक्सफोर्डको एस्ट्राजेनेकाको जापानमा उत्पादित खोप हो । भारतमा सेरम इन्स्टिच्युटद्वारा निर्मित कोभिसिल्ड खोपजस्तै हो । पहिलो डोज कोभिसिल्ड खोप लगाएकोहरूले यो खोप लगाउन पाउनेछन् । 

कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई खोप उपलब्ध गराउन लागिएको नेपालस्थित जापानी राजदूतावासले आज जनाएको छ । जापानका विदेशमन्त्री मोतेगी तोसिमित्सुले आज यो घोषणा गरेको दूतावासले जनाएको छ । 

‘खोप जुलाई मध्यदेखि अगस्ट अन्तिम सातासम्म आपूर्ति हुनेछ,’ दूतावासले भनेको छ । जापानी राजदूत किकुता युताकाले नेपाल र जापानबीच लामो मैत्रीका रूपमा सहयोग घोषणा भएको जानकारी दिए ।