१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
सोनी राई सोलुखुम्बु
२०७८ असार ७ सोमबार १०:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सोलुखुम्बुका १७ घर पहिरोको उच्च जोखिममा

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
२०७८ असार ७ सोमबार १०:५४:००

सोलुखुम्बुका १७ घर पहिरोको जोखिममा छन् । बर्खायाम सुरु भएसँगै जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका– ९ लोखिम फलाटेस्थित १७ घर पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष भूपालसिंह राईले बताए । 

सडकबाट आउने भलका कारण माथिबाट पहिरोसमेत खस्न थालेपछि १७ घर पहिरोको उच्च जोखिममा परेका हुन् ।
वडाध्यक्ष राईको टोलीले उच्च जोखिम क्षेत्रको स्थलगत अनुगमन गरेकाे छ । पालिका र सम्बन्धित निकायलाई जोखिमबारेमा जानकारी गराएको उनले बताए ।