१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार १३:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
फिचर डिजिटल संस्करण

दमकलचालकका दुःख : जोखिम छ, बिमा छैन

भन्छन्– वन जलेको सबैले देखे, मन जलेको कसैले देखेन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १३:४८:oo

‘आगोले घेरेपछि कैयौँपटक पाइप छोडेर भागेको छु। प्रत्येक घटनामा ज्यानको बाजी राखेरै काम गर्ने हो। दमकलमा काम गर्न थालेको सात वर्ष भयो, अहिलेसम्म जोखिम बिमा छैन।’

सात वर्षदेखि दमकल चलाइरहेका रेसुंगा नगरपालिका–१ का ३१ वर्षीय कमल पन्थीका दुःख हुन् यि। गुल्मीमा एउटा मात्र दमकल छ, तर आगलागीका घटना धेरै हुन्छन्। आगलागी नियन्त्रणको महत्त्वपूर्ण साधन दमकल भए पनि पहाडमा सडक संरचनाका कारण सबै ठाउँमा सेवा दिन सहज छैन। अरूको दुःखमा राहत दिन जाने दमकल (बारुण यन्त्र)चालकका आफ्नै कैयौँ दुःख छन्।

गत वर्ष मात्रै उनले एक सय ५६ ठाउँमा आगो नियन्त्रण गर्नुपर्‍यो। दमकका कारण कैयन ठूला जोखिम टरेका छन्। उनको पेसामा बिदा भन्ने हुँदैन। ‘मोबाइल सिरानीमा राखेर सुत्ने हो। खाना छोडेर हिँडेका कयौँ पल छन्। तर, दमकलचालककै दुःख कसैले सोध्दैन,’ नयाँ पत्रिकाले सोधेपछि कमलले यसरी दुःख सुनाए।

उनका अनुसार दमकलमा दुईजना चालक र १० जना सहयोगी हुँदा दुई सिफ्टमा २४सै घण्टा सेवा दिन सकिन्छ। तर, अहिले एक चालक र एक सहयोगीको भरमा दमकल दौडिएको छ। चारजनासम्म नभए दमकलको पाइप (फोहोरा) उठाउन सकिँदैन। अझ ०७३–०७८ सालसम्म त सबै काम कमल एक्लैले गर्थे।

कक्षा १२ पढ्दै गर्दा गाडी चलाउन थालेका कमलले तीन वर्ष गुल्मी यातायातको जिप चलाए। त्यो वेला करिब ६ हजार तलबमा काम गरेको उनले सुनाए। त्यसपछि तीन वर्ष साढे सात हजारमा प्राइभेट गाडी चलाए।

०७१ सालबाट रेसुंगा नगरपालिकामा उनले ११ हजार पारिश्रमिक लिने गरी नियुक्ति पाए। एक वर्ष कार्यालयको गाडी चलाए। ०७२ सालमा दमकल आयो। कमल हलुका सवारीचालकबाट हेभीमा बढुवा भएपछि ०७३ सालबाट दमकल चलाउन थालेका हुन्।

‘जंगलमा आगो लाग्दा सशस्त्र प्रहरी पुगेन भने नेपाल प्रहरीले दमकललाई सहयोग गर्दैन। स्थानीय पनि सबै सहयोगी छैनन्,’ उनले भने। दमकल पुगेपछि सबै प्रत्यक्षदर्शी मात्र हुँदा गुहार माग्ने स्थिति रहेको कमलले गुनासो पोखे। ‘जनशक्ति नहुँदा हामी नै गुहार माग्ने स्थितिमा छौँ। घरमा बाहेक धेरै ठाउँमा म पुगेपछि सुरक्षाकर्मी पुग्छन्,’ उनले भने, ‘न सहयोगी न सहयोग पाउने अवस्था छ।’

जोखिम मोलेर दिनरात नभनी खटिने दमकलचालकहरू आफैँ जोखिममा छन्। उनीहरूको न जोखिम बिमा छ, न फायर सेफ्टी ड्रेस। तालिम पनि सुरुको वर्षबाहेक पाएनन्। अहिले मासिक २९ हजार पारिश्रमिक छ। कमललाई जीवनमा ठूलो महत्त्वाकांक्षा छैन। आफ्नै ठाउँमा परिवारसँग काम गर्न पाएकोमा खुसी छन्। तर, खाइपाई आएको खाना खाजासहितको भत्ता पनि काटिएकोमा भने उनले मन दुखाएका छन्।

गत वर्ष रेसुंगाको दमकलले रुरु, छत्रकोट र अर्घाखाँचीको छत्रदेवसम्म पुगेर आगो नियन्त्रण गर्‍यो। अर्को स्थानीय तहमा जाँदा चालकलाई भत्ता र एकपटकको न्यूनतम ५० लिटर डिजल दिनुपर्ने सहमति छ। तर, त्यही पनि कार्यान्वयन भएको छैन। गत वर्ष चारपटक छत्रकोट पुग्दा उनले भत्ता वा डिजल केही पाएनन्। लुम्छा बजार जोखिममा पर्दा लगातार ४८ घण्टासम्म काम गरेको पनि उनले स्मरण गरे।

सडक नहुँदा कयौँपटक पछिको टायर बाहिर फालेर गाडी छिराएको अनुभव पनि कमलले सुनाए। ‘नागरिकले आगो सुरु भएपछि बोलाइहाल्छन्। तर, बाटोका मान्छेलाई हेक्का हुँदैन,’ उनले भने।

ad
ad