Skip This
भारतमा मुद्रास्फीतिको जोखिम कायमै, ब्याजदर यथास्थितिमा रहने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २३ शुक्रबार
  • Saturday, 27 July, 2024
रासस मुम्बई
२o८o चैत २३ शुक्रबार १८:o३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा मुद्रास्फीतिको जोखिम कायमै, ब्याजदर यथास्थितिमा रहने

Read Time : < 1 मिनेट
रासस, मुम्बई
नयाँ पत्रिका
२o८o चैत २३ शुक्रबार १८:o३:oo

भारतमा मुद्रास्फीतिको जोखिम र बलियो आर्थिक वृद्धि दुवैको सम्भावना रहेको बताउँदै केन्द्रीय बैंकले शुक्रबार लगातार सातौँपटक ब्याजदर यथास्थितिमा राखेको छ।

रिजर्भ बैंक अफ इन्डिया (आरबिआई)ले आफ्नो महत्त्वपूर्ण ‘पुनः खरिद सम्झौता (रिपो रेट)’ ६.५० प्रतिशत कायम रहने बताएको छ। विश्वका प्रमुख केन्द्रीय बैंकहरूले यस वर्ष ब्याजदर कटौतीको संकेत दिएका छन्।

भारतमा मुद्रास्फीति घट्दो क्रममा छ, तर अझै पनि आरबिआईको चार प्रतिशतको लक्ष्यभन्दा माथि छ। सरकारले देशका विभिन्न भागमा गर्मी बढ्ने र यसले खाद्यान्नको मूल्य वृद्धि हुने चेतावनीसमेत दिएको छ।

उत्पादन क्षेत्रमा वृद्धि भएसँगै भारतको अर्थतन्त्र डिसेम्बरमा पूरा भएको त्रैमासिकमा ८.४ प्रतिशतको दरले वृद्धि भएको छ। यसले विश्लेषकहरूको सामान्य पूर्वानुमानलाई गलत साबित गरिदिएको छ।

‘आगामी दिनमा बलियो वृद्धिको सम्भावनाले मुद्रास्फीतिमा ध्यान केन्द्रित गर्न र चार प्रतिशतको लक्ष्यमा मुद्रास्फीतिलाई कायम गर्न नीतिगत बल प्रदान गरेको छ,’ आरबिआईका गभर्नर शक्तिकान्त दासले भने, ‘तर, खाद्यान्नको मूल्यमा अनिश्चितताले चुनौती खडा गरिरहेको छ। त्यसैले मौद्रिक नीति सक्रिय रूपमा अवमूल्यनकारी भइरहनुपर्छ।’

सन् २०२२ को मेदेखि सन् २०२३ को फेब्रुअरीसम्म ब्याजदरमा २.५ प्रतिशत विन्दुले वृद्धि गरिएको थियो। फेब्रुअरीमा भारतको खुद्रा मुद्रास्फीति जनवरीको तथ्यांकमा अपरिवर्तित रहँदै ५.०९ प्रतिशत कायम भएको थियो।

खाद्य र इन्धन लागत समावेश नगरिने देशको ‘आन्तरिक मुद्रास्फीति’ चार प्रतिशतभन्दा कम रहेको छ। मार्च ३१ मा समाप्त भएको आर्थिक वर्षमा विशेषज्ञहरूले भारतको वृद्धिदर ७.५ प्रतिशतदेखि आठ प्रतिशतको बीचमा रहेको अनुमान गरेका छन्, जुन सबै प्रमुख अर्थव्यवस्थाहरूमध्ये सबैभन्दा उच्च हो।

फेब्रुअरीमा भारतले अप्रिल १९ मा सुरु हुने राष्ट्रिय निर्वाचनअघि अन्तिम बजेटमा सस्तो लोकप्रियताका लागि हुने खर्चलाई बेवास्ता गरेको चालू आर्थिक वर्षका लागि अपेक्षा गरिएभन्दा कम वित्तीय घाटाको घोषणा गरेको थियो।