Skip This
उपनिर्वाचन : इलाम २ र बझाङ प्रदेश (१) मा मतदान सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
इलामस्थित नेपालटार मावि मतदानस्थलमा मतदान हुँदै ।
२o८१ बैशाख २६ बुधबार o७:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उपनिर्वाचन : इलाम २ र बझाङ प्रदेश (१) मा मतदान सुरु

इलाम २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र तथा बझाङ (१) मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्रमा एकसाथ मतदान सुरू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o७:oo:oo

इलाम २ र बझाङ प्रदेश (१) मा उपनिर्वाचनको  लागि मतदान सुरु भएको छ । शनिबार बिहान ७ बजेदेखि सुरु भएकाे मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । 

एक लाख १६ हजार आठ सय ८९ मतदाता रहेको इलाम २ मा दलका १२ र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनका लागि यहाँ सात सय ४५ कर्मचारी र तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । 

६१ हजार सात सय ४८ मतदाता रहेको बझाङ प्रदेश (१) मा दलबाट १२ जनाको उम्मेदवारी परेको छ । ७४ मतदानस्थल र ९३ मतदान केन्द्रमा ६ सय ५१ कर्मचारी र एक हजार दुई सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचन आयोगले तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न मतदातालाई अपिल गरेको छ । चुनाव स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता पालनामा विशेष सजगता अपनाइएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले बताए । ‘निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमन भइरहेको छ,’ उनले भने । 

आयोगले मतदानको दिन सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । 

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघात तथा बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका  पृथ्वीबहादुर सिंहको गत असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त भएका यी स्थानमा आज उपचुनाव हुन लागेको हो ।     

ad
ad