१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ४ शुक्रबार
  • Sunday, 29 September, 2024
एजेन्सी
२o७८ असार ४ शुक्रबार o९:३३:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेदरल्यान्ड्स युरोकपको प्रिक्वार्टरफाइनलमा

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७८ असार ४ शुक्रबार o९:३३:oo

पछिल्लो दुई ठूला प्रतियोगिता छनोट हुन असफल भएको नेदरल्यान्ड्स युरोकपमा सन् २००८ पछि नकआउट चरणमा पुगेको हो ।

नेदरल्यान्ड्स युरोकप २०२० को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा अस्ट्रियालाई २–० गोलले पराजित गर्दै नेदरल्यान्ड्सले समूह सीबाट प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।

नेदरल्यान्ड्स युरोकप २०२० को नकआउट चरणमा पुग्ने तेस्रो टोली हो । यसअघि समूह ‘ए’बाट इटाली र समूह ‘बी’बाट बेल्जियमले अन्तिम १६ को यात्रा तय गरिसकेका छन् । आफ्नो पहिलो खेलमा युक्रेनलाई पराजित गरेको नेदरल्यान्ड्सले लगातार दुई जितबाट अघिल्लो चरणको यात्रा तय गरेको हो । 

आम्स्टर्डमस्थित जोन क्रुफ एरेनामा १२ हजार घरेलु दर्शकबीच नेदरल्यान्ड्सले फेरि अर्काे सशक्त प्रदर्शन गर्‍यो । नेदरल्यान्ड्सलाई मेफिस डिपेले खेलको ११औँ मिनेटमै पेनाल्टीमार्फत १–० ले अगाडि बढाएका थिए । अस्ट्रियाका डेभिड अलाबाले डेन्जेल डम्फ्राइजलाई लडाएपछि प्राप्त पेनाल्टी अवसरलाई दिपेले सदुपयोग गरेका थिए । 

अंक तालिका समूह सी

खेलको ६७औँ मिनेटमा उनै डम्फ्राइजले गोल गर्दै नेदरल्यान्डस्को जित २–० निश्चित गरे । पछिल्लो दुई ठूला प्रतियोगिता छनोट हुन असफल भएको नेदरल्यान्ड्स युरोकपमा सन् २००८ पछि पहिलोपटक नकआउट चरणमा पुगेको हो ।

प्रशिक्षक डी बोइरले तय गरेको ५–३–२ को टिम फर्मेसनलाई लिएर धेरैले आलोचना गरेका थिए । यद्यपि, युक्रेनविरुद्धको पहिलो खेलमा ३–२ को रोमाञ्चक जित हात पारेपछि नेदरल्यान्ड्स यो संरचनामा पनि लयमा देखिएको छ । यो नयाँ संरचनामा डमफ्राइजलाई बढी फाइदा देखिएको छ । यसमा उनले टोलीका लागि लगभग मुख्य फर्वाडको रूपमा खेल्ने अवसर पाएका छन् ।

अस्ट्रियाका लागि खेलको १०औँ मिनेटमै अलाबाले गल्ती गर्न पुगे । भिडियो एसिस्टेन्ट रेफ्री (भार)मार्फत पिएसभी इन्धोवेनका रक्षक उनले आफ्नो पेनाल्टी क्षेत्रमा नेदरल्यान्ड्सका डमफ्राइजलाई लडाएको देखिएको थियो । जसलाई सदुपयोग गर्दै दिपेले आफ्नो व्यक्तिगत २७औँ अन्तर्राष्ट्रिय गोल गरे । 

ल्योनका फर्वाड दिपे त्यसअघिका धेरै अवसरमा भने गोल गर्नबाट चुकेका थिए । माथिज्स डी लिग्ट चोटबाट फर्किएपछि नेदरल्यान्ड्सको रक्षापंक्ति बलियो देखिएको छ । उनको उपस्थितिमा अस्ट्रियाले नेदरल्यान्ड्सको रक्षापंक्ति तोड्न सकेन ।