मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ३१ सोमबार २०:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल प्रहरीको नक्कली डिएसपी र डाक्टर पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ३१ सोमबार २०:५२:००

नेपाल प्रहरीको डिएसपी र डाक्टर भन्दै सामाजिक सञ्जालमा तस्बिर राख्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका– ८ का ४४ वर्षीय सागरकुमार ढुंगाना पक्राउ परेका हुन् । 

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार पक्राउ गरेको हो । आफूलाई नेपाल प्रहरीको डिएसपी र डाक्टर हुँ भन्दै फेसबुकमा तस्बिर पोस्ट गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनले केही दिनयता आफ्नो फेसबुक एकाउन्टमा डिएसपीको पोसाक लगाएको तस्बिर पोस्ट गरेका थिए । सोही तवरले आफू डाक्टर भन्दै एप्रोनसहितको फोटो पनि फेसबुकमा पोस्ट गरेका थिए । 

महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले नेपाल प्रहरीको डिएसपी र डाक्टर भनी परिचित गराउने उनको उद्देश्य भने खुलिनसकेको बताए । उनले भने, ‘यसले आफूलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्दोरहेछ । सोही दर्जा जनिने पोसाक लगाएर फेसबुकमा फोटो पोस्ट गरेको रहेछ । आफूलाई डाक्टर हुँ पनि भन्दोरहेछ । अनुसन्धानपछि उसको यो सबै हर्कत नक्कली रहेको खुल्यो । कुन उद्देश्यका लागि उसले यो काम ग¥यो भन्ने विषयमा भने अनुसन्धान भइरहेको छ ।’
ठगी गर्ने उद्देश्यले उसले यो हर्कत गरेको हुन सक्ने प्रहरीको दाबी छ । यस विषयमा कसैबाट जाहेरी नआएकाले घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।