मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ जेठ २९ शनिबार ११:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कुल देउताको विषयमा विवाद हुँदा दाइले गरे भाइको हत्या

Read Time : < 1 मिनेट
२०७८ जेठ २९ शनिबार ११:०६:००

महोत्तरीमा कुल देउताको विषयमा विवाद हुँदा दाइको कुटपिटबाट भाइको मृत्यु भएको छ । दाइले भाइको घरबाट  कुल देउता उखेलेर लगेपछि सुरु भएको विवाद कुटपिटमा परिणत भएको थियो । दाइको कुटाइबाट घाइते भएका लोहारपट्टी नगरपालिका– ७ भ्रमरपुरानिवासी लक्ष्मण साहको मृत्यु भएको हो । घाइते साहलाई उपचारका लागि काठमाडौं लगिएकोमा उनको जनकपुरमै मृत्यु भइसके पनि मृतक जिउँदै रहेको भनी ढाकछोप गरेका थिए । 

गत जेठ २६ गते बुधबार बिहान भएको झगडामा घाइते साहलाई तत्काल थप उपचारका लागि जनकपुर र त्यहाँसमेत उपचार सम्भव नभएपछि काठमाडौं लगिएको थियो । यता घटनामा संलग्न मृतकका दाइ रामचन्द्र साह र उनको छोरा मुकेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने परिवारका अन्य सदस्य फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए । 


शुक्रबार  काठमाडौंमै पोस्टमार्टम गरी शव ल्याइए पनि स्थानीयले सदगत् हुन दिएका छैनन् । उनीहरूले उपचारमा गएका आरोपी पक्षमा मानिसहरूलाई उपस्थित गराउन माग गरेका छन् । गाउँमै झगडामा मानिसको मृत्यु भएको र शवसमेत दाहसंस्कार हुन नसकेपछि गाउँ नै तनावपूर्ण भएको छ । यता गाउँमा थप विवाद हुन नदिन प्रहरी परिचालन गरिएको छ ।  मृतक टेम्पोचालक थिए भने आरोपी शिक्षक हुन् ।