१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ २३ आइतबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ जेठ २३ आइतबार o९:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

उद्यमशील विश्वकपमा नेपाल पनि सहभागी हुन पाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ २३ आइतबार o९:३५:oo

फाइनल जित्नेले १ लाख अमेरिकी डलर पाउने

उद्यमशील विश्वकप (इन्टरप्रेनरसिप वर्ल्डकप) अर्थात् इडब्लुसीका लागि आवेदन खुला भएको छ । सन् २०२१ का लागि खुला गरिएको यो उद्यमशील प्रतियोगितामा नेपालले पहिलोपटक सहभागी हुन पाउने भएको छ । 

यसभन्दा अघिल्ला वर्षमा जस्तै यो वर्ष पनि २ सयभन्दा बढी देशबाट १ लाख ७५ हजारभन्दा बढी प्रतियोगीले भाग लिने अपेक्षा गरिएको नेपालका लागि आधिकारिक राष्ट्रिय आयोजक नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले जनाएको छ । कार्यक्रममा १ लाख युएस डलर राशिको नगद पुरस्कार विश्वव्यापी रूपमा घोषणा गरिएको छ । साथै, थप ७ लाख ५० हजार युएस डलरबराबरको अन्य प्रकारको सहयोग र थप लगानी गर्ने अवसर उपलब्ध गराउने नेपाली युवा उद्यमी मञ्चको भनाइ छ । 

यो प्रतियोगिता नेपालमा भने पहिलोपटक आयोजना हुन गइरहेको छ । नेपाली युवा उद्यमी मञ्चले आधिकारिक राष्ट्रिय आयोजकका रूपमा नेपालभित्र र बाहिर रहेका उद्यमीहरूलाई यस प्रतियोगितामा भाग लिन सहयोग पुर्‍याउने जनाएको छ ।

इडब्लुसी एउटा विश्वव्यापी कडा प्रतिस्पर्धात्मक प्रतियोगिता रहेको र यसको पुरस्कार राशिले एकैपटकमा जीवन परिवर्तन गर्ने आयोजकको दाबी छ । यसका साथै यसले व्यवसायीहरूलाई आफ्नो व्यवसाय प्रवर्द्धन गर्न स्रोत–साधन पनि उपलब्ध गराउन मद्दत गर्ने जनाइएको छ ।

इडब्लुसीले भर्चुअल माध्यमको तालिम र विषयगत कार्यक्रमलाई अगाडि लैजान र व्यवसायीहरूको ज्ञान, सीपमा निखारपन ल्याई राष्ट्रिय प्रतिस्पर्धा जित्ने मौका मिल्ने मञ्चको दाबी छ । नेपाली उद्यमीका लागि विश्वस्तरीय फाइनलमा भाग लिन पाउने मौका पनि यो प्रतियोगितामा प्राप्त हुने आयोजकको भनाइ छ । इडब्लुसी अनलाइन प्लेटफर्मले सफल रूपमा आवेदन फर्म भर्ने प्रतियोगीलाई २५ हजार युएस डलरभन्दा बढी रकमबराबरको गुगल क्लाउड, हटस्पट, स्ट्रिप आदिमा आकर्षक पहँुच प्राप्त हुने आयोजकको दाबी छ । 

राष्ट्रियस्तरका अन्तिम प्रतियोगिताहरू सन् २०२१ को जुलाई महिनामा आयोजना गरिने जनाइएको छ । छानिएका १ सय प्रतियोगीले २०२१ को नोभेम्बरमा साउदी अरेबियाको रियादमा हुने शिविरमा रही इडब्लुसीसम्बन्धी विशेष कार्यक्रममा सहभागी हुने तथा अन्त्यमा इडब्लुसीको फाइनलमा भाग लिने आयोजकको भनाइ छ ।  

एनवाइइएफ युवा उद्यमीहरूको गैरनाफामुखी संस्था हो । व्यवसायमा सकारात्मक सोचाइ अभिवृद्धि गर्ने उद्देश्यका साथ यसको स्थापना भएको जनाइएको छ । मञ्चले देशभरिबाट युवा उद्यमीलाई एकसाथ ल्याएको जनाएको दाबी गरेको छ । उल्लेखनीय व्यवसायको विकास गरी नेपाली युवाबीच विचारको आदान–प्रदान गर्नु यसको लक्ष्य रहेको र व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने साझेदारी, शिक्षा, तालिम तथा अन्तरक्रियाको आयोजना गर्दै आएको मञ्चले जनाएको छ । 

ad
ad
ad
ad