मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ १२ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ जेठ १२ बुधबार o८:४८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पत्रकारलाई अदालतमा  बोलाइएकोमा महासंघको विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ १२ बुधबार o८:४८:oo

समाचारको विषयलाई लिएर सर्वाेच्च अदालतले पत्रकारलाई सोधपुछका लागि बोलाएकोमा नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । सर्वाेच्चको यस्तो कदम प्रेस स्वतन्त्रताविरोधी कदम भएको महासंघको भनाइ छ । 

समाचारको विषयलाई लिएर इमेजखबर डटकमका सम्पादक राजन कुइँकेल तथा नेपालसमय डटकमका प्रधानसम्पादक नारायण अमृतलाई सर्वाेच्च अदालतले मंगलबार बोलाएर सोधपुछ गरेको थियो । प्रधानमन्त्री केपी ओली र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबीचको भेटसम्बन्धी समाचारको विषयलाई लिएर सर्वाेच्चले उनीहरूलाई बोलाएको हो ।

‘प्रकाशित समाचारको विषयमा चित्त नबुझे वा गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति छ,’ महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसलाई बेवास्ता गर्दै मुलुकको न्यायपालिकाको सर्वाेच्च संस्था सर्वाेच्च अदालतबाट पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो ।’ संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न महासंघले सम्बन्धित निकायलाई आग्रह गरेको छ । 

अनलाइन पत्रकार संघले पत्रकारलाई अदालतले सोधपुछका लागि बोलाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सर्वाेच्च अदालतले मंगलबार विज्ञप्ति जारी गरी प्रधानमन्त्रीसँग प्रधानन्यायाधीशको भेट नभएको प्रस्ट पारेको छ ।