१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
तस्बिर : अमुल थापा
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २७ सोमबार १४:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदमा प्रधानमन्त्री ओली– राजनीति के हो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २७ सोमबार १४:४९:००

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको बैठकमा राजनीतिलाई स्वार्थको दुनो सोझ्याउने अस्त्रको रूपमा प्रयोग गरिएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले भने, ‘हामी राजनीतिलाई के बनाइरहेका छौँ आज ? राजनीतिलाई स्वार्थको दुनो सोझ्याउने एउटा अस्त्रको रूपमा मात्रै बुझ्दै छौँ कि देश बनाउने संकल्पको रूपमा बुझ्दै छौँ ? राजनीति देश बनाउने, देश र जनताको सेवा गर्ने एउटा माध्यम हो । यो कसको सुप्रचार गरिदिनुपर्ने, कसको कुप्रचार गरेकै हुनुपर्ने, कसको विरोध गरेकै हुनुपर्ने, राम्रो गरे पनि निन्दै गरेको हुनुपर्ने, बनाए पनि जस नदिने, नबनाए त झन् जस दिने कुरै भएन ।’

ओलीले आफ्नो सरकार अन्धाधुन्ध अघि नबढेको बताएका छन् । बरु लक्ष्य निर्धारण गरेर अघि बढेको उनको भनाइ छ । उनले भने, ‘स्वास्थ्य क्षेत्रमा मैले भनिरहनुपर्दैन, यति धेरै अस्पतालहरू नयाँ बनेका छन्, सञ्चालनमा आएका छन् र हामी तिनलाई जनशक्तिको हिसाबले, दक्ष जनशक्तिको हिसाबले र साधनहरूको हिसाबले, स्रोतहरूको हिसाबले तिनलाई प्रभावकारी बनाउने प्रयासमा लागिरहेका छौँ । ढुंगोे टिपेर फ्याँकिने जहाँ खस्छ त्यहीँ मेरो निशाना थियो भन्ने हामीले गरेका छैनौँ । हामी गन्तव्य निर्धारण गर्छौँ । हाम्रो गन्तव्य कहाँ हो, त्यो निर्धारण गर्छौँ र त्यसमा पुग्नका लागि हाम्रो नीति, कार्यक्रम, योजना, लक्ष्य निर्धारण गरेर हरेक क्षेत्रमा त्यसरी अघि बढिरहेका छौँ । यो सरकार अन्धाधुन्ध गइरहेको छैन ।’