मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख १९ आइतबार
  • Thursday, 19 December, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७८ बैशाख १९ आइतबार १५:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोभिडविरुद्धको लडाइँलाई तीव्रता दिन सरकारलाई एमालेको ध्यानाकर्षण, स्वयंसेवी रूपमा परिचालित हुन पार्टीपंक्तिलाई आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख १९ आइतबार १५:o२:oo

सत्तारुढ एमालेले कोभिड– १९ विरुद्धको तयारीलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आइतबार बसेको स्थायी कमिटीको आकस्मिक बैठकले आवश्यक पूर्वाधार, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको प्रबन्ध गर्न र अन्य तयारीलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको हो ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले समग्र पार्टीपंक्तिलाई कोभिडविरुद्धको लडाइँमा स्वयंसेवी रूपमा परिचालित हुन पनि आह्वान गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

बैठकपछि ज्ञवालीले प्रेस वक्तव्य जारी गरी भनेका छन्, ‘बैठकले कोभिडका बिरामीको उपचारका लागि आवश्यक पूर्वाधार, शय्याहरू, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न र अन्य तयारी तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । साथै बैठकले समग्र पार्टीपंक्तिलाई कोभिडविरुद्धको यस कठिन लडाइँमा स्वयंसेवी रूपमा परिचालित हुन पनि आह्वान गरेको छ ।’