१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख १२ आइतबार
  • Monday, 01 July, 2024
नवविर्मित भवनको उद्घाटन गर्दै तामाकोसी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेल । तस्बिर : नयाँ पत्रिका 
२o७८ बैशाख १२ आइतबार २o:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

भूकम्प स्मृति दिवसमा दोलखाका दुई स्वास्थ्य संस्थाका पक्की भवन उद्घाटन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख १२ आइतबार २o:३७:oo

६ वर्षअघिको विनाशकारी भूकम्पको स्मृति दिवसमा आइतबार दोलखाका दुईवटा स्वास्थ्य संस्थाको पक्की भवन उद्घाटन गरिएको छ । तामाकोसी गाउँपालिकास्थित वडा नम्बर ६ र ७ का दुईवटा स्वास्थ्यचौकीमा निर्माण सम्पन्न भएका पक्की भवनको उद्घाटन गरिएको हो । 

 

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लगानीमा निर्माण सम्पन्न भएका च्यामा र हाबा स्वास्थ्यचौकीको आइतबार तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले छुट्टाछुट्टै कार्यक्रमबीच उद्घाटन गरे । आइतबार नै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तर्फबाट जिल्लास्थित भवन कार्यालयका प्रमुख अर्जुन तामाङले स्थानीय स्वास्थ्य व्यवस्थापन समितिलाई भवन हस्तान्तरण गरेसँगै गाउँपालिका अध्यक्ष पोखरेलले भवनको औपचारिक उद्घाटन गर्दै नयाँ भवनबाट सेवा सुचारु भएको उद्घोष गरे । 

 

 

अध्यक्ष पोखरेलले पक्की भवन निर्माण भएसँगै गाउँघरमा स्वास्थ्य सेवा प्रवाहका लागि निकै सहज भएको बताए । उनले भूकम्पले धनजनको क्षति गराए पनि संरचना निर्माणमा निकै ठूलो अवसर सिर्जना गरेको बताए । उनले तामाकोसीका सबै स्वास्थ्य संस्थामा पक्की भवन निर्माण भइसकेका र केही स्वास्थ्य संस्थाहरू निर्माणाधीन अवस्थामा रहेकाले आगामी चैत मसान्तभित्र गाउँपालिकाको केन्द्रमा निर्माण हुने भवनबाहेक अन्य सबै संरचना निर्माणको काम पूरा हुने बताए । 

 

 

प्राधिकरणको जिल्लास्थित आयोजना कार्यान्वयन इकाइ भवनले च्यामा र हाबा स्वास्थ्यचौकी ०७६ को असार मसान्तमा डेढ वर्षभित्र सम्पन्न गर्ने गरी ड्रागन, शिवालय, अभिसा जेभीसँग निर्माणको सम्झौता गरेको थियो । कोभिडका कारण भएको लामो समयको लकडाउनले काममा केही ढिलाइ भए पनि समयमै पुनर्निर्माण सम्पन्न भएको भवन कार्यालयका प्रमुख इन्जिनियर अर्जुन तामाङले बताए । तामाङका अनुसार निर्माण सम्पन्न भएका भवन दुई तलाका छन् । भवन उद्घाटन कार्यक्रममा कार्यालय प्रमुख तामाङले प्राविधिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

 

 

१० वटा कोठा रहेका भवनबाट स्थानीय स्वास्थ्य चौकीबाट प्रदान हुने सबै सेवा सहज ढंगले प्रवाह गर्न सकिने तामाकोसी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले जानकारी दिए । उनका अनुसार ओपिडी, औषधि वितरण कक्ष, भण्डार कक्ष, मातृशिशु तथा परिवार नियोजन कक्षलगायत स्टोर र कर्मचारी आवास गृहसमेत भवनमा रहनेछन् । दुईवटा पक्की भवन निर्माण गरेबापत प्राधिकरणको झन्डै दुई करोड ९० लाख बजेट खर्च भएको भवन कार्यालयको लेखा शाखाले जानकारी दिएको छ ।

 

 

भवन उद्घाटन कार्यक्रममा तामाकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्र, भवन कार्यालयका प्राविधिक रामशरण न्यौपाने, स्थानीय जनप्रतिनिधिलगायतको सहभागिता थियो । प्राधिकरणले दोलखाका थप २१ स्वास्थ्य संस्थाको पक्की भवन निर्माणका लागि प्रक्रिया अघि बढाएको छ । जसका लागि नेपाल सरकार र भारतीय राजदूतावासले बजेट व्यवस्थापन गरेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । 

ad
ad
ad
ad