१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ चैत २९ आइतबार १५:२०:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

जुम्लामा साढे १९ करोड राजस्व संकलन

Read Time : < 1 मिनेट
२०७७ चैत २९ आइतबार १५:२०:००

जुम्लामा चालू आर्थिक वर्षको आठ महिनामा साढे १९ करोड राजस्व संकलन भएको छ । कोभिड त्रासका बीच पनि चालू आवको फागुन महिनासम्मको राजस्व संकलन उत्साहजनक भएको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ । 

आन्तरिक राजस्व कार्यालय जुम्लाका कर अधिकृत युवराज बस्नेतका अनुसार चालू आवको आठ महिनामा १३ करोड ७५ लाख ७५ हजार राजस्व संकलन हुने लक्ष्य राखिएकोमा ६ करोड आठ लाखले बढेर साढे १९ करोड संकलन भएको छ । बस्नेतले भने, ‘चालू आवमा जुम्लामा २५ करोड ६० लाख १० हजारबराबर राजस्व संकलन गर्ने लक्ष्य छ । तर, फागुन मसान्तसम्म मात्रैको राजस्व संकलन जेठसम्मको लक्ष्यको तुलनामा पुगेको छ ।’

जुम्लामा आन्तरिक राजस्व कार्यालयको स्थापनापछि करदाता शिक्षाको विस्तार तथा नियमन गरेकै कारण राजस्व संकलन उत्साहजनक रूपमा भएको कर अधिकृत बस्नेतले बताए । विगतका भन्दा व्यवसायी, उद्योगीहरू करको दायरामा आउने क्रममा बढेको छ । प्यान नम्बर लिनेको संख्या पनि बढेको छ ।