१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १८:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरी निरीक्षक पौडेलसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:o२:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टाछुट्टै घटनामा घुससहित पक्राउ परेका तीनजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

५० हजार घुससहित पक्राउ परेका सशस्त्र प्रहरी बल बेस क्याम्प, गैडहवाका सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासीविरुद्ध अख्तियारले आइतबार मुद्दा चलाएको हो । 

फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै उनीहरूले सेवाग्राहीबाट घुस लिएका थिए।

यसैगरी, दुई लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका औषधि व्यवस्था विभाग, विराटनगर कार्यालयका फार्मेसी अधिकृत सरोज सुवेदीविरुद्ध पनि मुद्दा दायर गरिएको छ। उनले सिल भएको फार्मेसी पसल खोलिदिने भन्दै घुस लिएको अख्तियारको दाबी छ।

ad
ad