मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ८ आइतबार १३:५०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रकाशमान सिंह भन्छन्– कम्युनिस्टमा नैतिकता नहुँदो रहेछ, नैतिकहीन सरकारको विकल्प खोज्नुपर्छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ८ आइतबार १३:५०:००

कांग्रेस नेता प्रकाशमान सिंहले नेपालका कम्युनिस्टहरूको शब्दकोशमा नैतिकता भन्ने शब्द नरहेको टिप्पणी गरेका छन् । ‘कम्युनिस्टहरू खोक्रो आदर्श र नैतिकता देखाउँछन्, तर व्यवहार त्यस्तो छैन, एमाले र माओवादीले जनताले दिएको म्यान्डेड त पूरा गर्न सकेनन् नै,’ सिंहले भने, ‘यसपटक पनि नैतिकता नभएको पुष्टि भएको छ, लाग्छ कि कम्युनिस्टहरूको शब्दकोशमा नैतिकता भन्ने शब्द नै छैन ।’ 

सिंहले प्रधानमन्त्री केपी ओलीसँग अलिकति पनि नैतिकता भए तुरुन्तै पदबाट राजीनामा दिनुपर्ने बताए । उनले आमनिर्वाचनमा दुवै पार्टीले मिलेर जनमत लिएकाले त्यसका लागि दुवै जिम्मेवार भएको बताए । ‘ओलीले असंवैधानिक काम गरे, तर त्यसको भागीदार एमाले र माओवादी पार्टी दुवै हुन्,’ उनले भने, ‘यस्तो वेला नैतिकहीन सरकारको विकल्प खोज्नुपर्ने हो, तर कांग्रेस एक्लैले यो सरकारको विकल्प खोज्न सक्दैन ।’

सिंहले आइतबार आफ्नै निवासमा विश्वकर्मा समाजका केन्द्रीय अध्यक्ष गोपाल विश्वकर्मासमेतलाई पार्टी प्रवेश गराउँदै कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सँग मिलेर वैकल्पिक सरकार बनाउनुपर्ने बताए । ‘यो सरकारको विकल्प खोज्न कांग्रेसले भूमिका खेल्नुपर्छ, तर त्यसका लागि कांग्रेस एक्लैले पुग्दैन, माओवादी र जसपाको साथ लिनुपर्छ,’ उनले अघि भने, ‘त्यसका लागि माओवादी केन्द्रले ओलीलाई दिएको समर्थन फिर्ता लिनुपर्छ, जसपा पनि वैकल्पिक सरकारका लागि तयार हुनुपर्छ, त्यो परिस्थिति अहिले बनिसकेको छैन ।’ 

सिंहले कांग्रेसले देशलाई हरेक संकटबाट जोगाउन महत्वपूर्ण जिम्मेवारी बहन गर्दै आएको बताए । ‘कम्युनिस्टले देशलाई संकटमा पु¥याउने काम मात्रै गर्छन्, तर कांग्रेसले संकटमा पनि जिम्मेवारपूर्ण भूमिका खेलेर संकटबाट बचाउन काम गर्दछ,’ उनले भने । 

सिंहले विश्वकर्मा समाजका अध्यक्ष गोपालप्रसाद विश्वकर्मासहित १८ जनालाई पार्टी प्रवेश गराएका छन् । समाजको राष्ट्रिय अध्यक्ष विश्वकर्मा पूर्वडिएसपीसमेत हुन् । 

कांग्रेस प्रवेश गर्नेमा विष्णुभक्त बराइली, गोपाल विश्वकर्मा, राजेन्द्र विश्वकर्मा, दुर्गा सेन्जुरी, मच्छिन्द्र विश्वकर्मा, खड्गबहादुर विश्वकर्मा, मानबहादुर कालिकोटे, लक्ष्मण रसाइली, पूर्ण विश्वकर्मा, दलबहादुर सुनार, धनबहादुर विश्वकर्मा, रुद्रबहादुर विश्वकर्मा, जीवा विश्वकर्मालगायत छन् । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य जीवन परियार, सांसद प्रकाश स्नेही, काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँ सहभागी थिए ।