१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण ९ आइतबार
  • Saturday, 28 September, 2024
गणेश लम्साल विराटनगर
२o७७ फाल्गुण ९ आइतबार १८:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कृष्ण सिटौला भन्छन्– अदालतलाई प्रधानमन्त्रीको धम्की राज्यआतंक

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७७ फाल्गुण ९ आइतबार १८:३५:oo

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी ओलीले अदालतविरुद्ध धम्की दिएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्रीको अभिव्यक्ति सिंगो संघीय लोकतान्त्रिक व्यवस्थाकै विरुद्धमा रहेको दाबी गरेका छन् । 

आइतबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै सिटौलाले शनिबार विराटनगरमा भएको सभामा प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापित गरेमा आन्दोलन गरेर भए पनि अधिकार लिने अभिव्यक्त्ति दिनु राज्यआतंक भएको उनले बताए । उनले भने, ‘प्रधानमन्त्रीको धम्की राज्यआतंक हो, प्रधानमन्त्रीले अदालतले संविधानको रक्षा गरोस् भन्न नसक्नु दुःखद मात्र नभएर खेदजनक छ, यसले लोकतन्त्रप्रति विश्वास गर्ने आमनेपालीलाई सोच्न बाध्य बनाएको छ ।’ 

सिटौलाले आमनागरिक र अदालतप्रति नम्रता र सम्मानभाव हुनुपर्नेमा उल्टै धम्क्याउने अभिव्यक्ति दिँदै हिँड्ने व्यक्ति देशको प्रधानमन्त्री हुन लायक नहुने जिकिर गरे । उनले सर्वोच्च अदालतले सर्वसत्तावादको गलत निर्णय खारेज गरेर प्रतिनिधिसभा पुनस्र्थापना गरेरै छाड्ने दाबी गरे । 

सिटौलाले नेपालको अदालतलाई सही फैसला गर्न सक्षम छ भन्ने सन्देश संसरभर दिने अवसर भएको भन्दै सही दायित्व निभाउनेमा आफू ढुक्क रहेको बताए । उनले थपे, ‘नत्र अदालत आफ्नो जनआस्था गुमाएर हुकुमी अड्डामा मात्र सीमित हुन पुग्नेछ ।’ 

धेरै चुनौती मोलेर संविधानसभाबाट नेपालीले आफ्नो संविधान आफैँले लेखेकोले प्रतिनिधिसभा पुनस्र्थापित भएरै छाड्ने सिटौलाको दाबी छ ।