मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/सिन्ह्वा संयुक्त राष्ट्रसंघ
२०७७ फाल्गुण १ शनिबार १४:०४:००
Read Time : < 1 मिनेट
विश्व

हाइटीमा थप मानवीय सहायताको खाँचो : संयुक्त राष्ट्रसंघ  

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा संयुक्त राष्ट्रसंघ
२०७७ फाल्गुण १ शनिबार १४:०४:००

संयुक्त राष्ट्रसंघीय एक निकायले हाइटीमा गत वर्षको तुलनामा यस वर्ष खाद्यान्नका साथै अन्य मानवीय सहायताको आवश्यकता निकै ठूलो मात्रामा बढेको जनाएको छ । समाचारमा जनाइएअनुसार यही फेब्रुअरी महिनामा नै यहाँ खाद्यान्नको अवाश्यकता परेका नागरिकको संख्या ४० लाख भन्दा पनि बढी रहेको छ । 

संयुक्त राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी निकायले गरेको प्रक्षेपणअनुसार हाइटीमा खाद्यान्नलगायत मानवीय सहायता अवश्यक रहेको जनसंख्या कम्तीमा पनि कुल जनसंख्याको ४० प्रतिशत छ । यसकारण संयुक्त राष्ट्रसंघका साथै अरु अन्तर्राष्ट्रिय संघ संस्थाहरूले पनि सहायता दिनुपर्ने सो निकायले गत बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

हाइटीमा राजनीतिक संकट शुरु भएको थियो । यस संकटका कारण धेरै ठूलो जनसंख्या खाद्यान्न लगायतको समस्या झेल्न बाध्य भएको छ । त्यसयता यहाँका नागरिकले विभिन्न खालका संटकहरू झेल्दै आएका छन् ।

अहिले पनि हाइटीमा ठूलो संकट देखिएको छ । यहाँ हिंसात्मक समूहहरूले नागरिकको हत्या गर्ने, अपहरण गर्ने तथा लुटपाट गर्ने गरिरहेका छन् । दिन प्रतिदिन असुरक्षा बढ्दै गएको छ भने हिंसात्मक हमलाहरू पनि पछिल्लो समयमा निकै हुने गरेका छन् । कतिपय नागरिकहरू यो हिंसाको चपेटमा परेर पनि खाद्यान्न लगायतका न्यूनतम सहायता पनि पाउन सकिरहेका छैनन् । 

समाचार एजेन्सीका अनुसार हाइटीको अहिलेको अवस्था हेर्दा असुरक्षा र खाद्यान्न अभावको अवस्था बढी देखिएको छ ।