१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २४ शनिबार ०८:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय सहयोगमा सर्लाहीमा सडक कालोपत्रे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २४ शनिबार ०८:२७:००

सर्लाही जिल्ला अन्तर्गत भारतीय सिमाको लक्ष्मीपुर बलाराबाट गढैयासम्म भारत सरकारको ४ करोड ४४ लाख ८० हजार रुपैयाँ सहयोगमा निर्मित कालोपत्रे सडकको उद्घाटन भएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमार तथा रौतहट चन्द्रनिगाहापुरस्थित डिभिजन सडक विभाग प्रमुख विनोद कुमार मौवरले संयुक्त रुपमा सडक उद्घाटन गरे ।

भारत सरकारको ‘नेपाल भारत विकास सहकार्य’ अन्तर्गतको सहयोगबाट कालोपत्रे सडक निमार्ण भएको भारतीय राजदूतावासका प्रवक्ता नविन कुमारले जानकारी दिए । यस अन्तर्गत साढे चार किलोमिटर लामो भारतीय सिमा लक्ष्मीपुर–बलरा–मिर्जापुर र करिब डेढ किलोमिटर लामो मिर्जापुर–गडहिया सडक/हुलाकी सडक निर्माण सम्पन्न भएको हो ।  यो परियोजना नेपाल र भारत सरकारबीच भएको समझौता अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा लिइएको थियो । 

सडक निमार्णका लागि भारतीय दुतावास,काठमाडौं र भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्रालय अन्तर्गत जनकपुर सडक विभाग, डिभिजन सडक विभाग मुजेलिया बीच सम्झौता भएको थियो । हालमा उक्त परियोजना चन्द्रनिगाहपुर सडक विभाग अन्तर्गत रहेको छ । ‘भर्खरै कालोपत्रे गरिएको भारत नेपाल सिमा जोडने सडकले दैनिक यात्रा गर्ने यात्रुहरुको आवागमन सहज गर्ने आशा गरिएको छ’ भारतीय दूतावासले भनेको छ ।