१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकको १७औँ वार्षिकोत्सवमा सडक आश्रितलाई १७ दिन नि:शुल्क भोजन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:१९:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औँ वार्षिक उत्सवको अवसरमा निःशुल्क भोजनको व्यवस्था गरेको छ । बैंकले घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइबसेका व्यक्तिहरूलाई २० चैतदेखि निरन्तर १७ दिनसम्म करिब १७ सयजनालाई नै भोजनको व्यवस्था गरेको जनाएको छ । 

बैंकले भोटुःइन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशालालगायतका स्थानमा नदी किनार, सडकछेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसलाई बैंकले भोजन वितरण गरेको हो । 

सन् २०२० मा कोभिड–१९ को सुरुवातसँगै सडकमा आश्रित घरबारविहीन व्यक्तिहरूलाई खाना खुवाउने कार्यको थालनी गरेको संस्थाले हालसम्म तीन लाखभन्दा बढीलाई खाना खुवाएको, पाँच सयभन्दा बढीलाई अन्य सहयोग गरिसकेको दाबी बैंकको छ ।

साथै, वार्षिकोत्सवकै अवसरमा बिहीबार बैंकले कोशी प्रदेशको धरान शाखाबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । त्यसबाहेक कोशी प्रदेशकै धरान शाखा र महेन्द्रचोक शाखा, मधेश प्रदेशको महेन्द्रनगर धनुषा शाखा, बागमती प्रदेशको ठिमि, थानकोट, भैँसेपाटी, सामाखुसी, टेकु र नारायणगढ शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा, सुदूरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगर शाखाबाट  बृहत् रक्तदान कार्यक्रमको आयोजनासमेत गरेको बताइएको छ । 

हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ ।

ad
ad