मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत १ शुक्रबार ११:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

साहित्यकार  क्षेत्रीको निधनमा प्रधानमन्त्रीद्वारा शोक व्यक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार ११:o५:oo

प्रधानमन्त्री केपी ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको बताउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। दिवंगत श्रष्टाप्रति सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त उनका परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ  एवं दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गरे।

‘लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो । उहाँको बसाइँ र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिँगै गाउँहरू नै सिक्किम, असाम, मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छ । भारतको प्रतिष्ठित ‘साहित्य अकादमी पुरस्कार’बाट सम्मानित उहाँको ‘बह्मपुत्रको छेउछाउ’, उपन्यासले पनि पूर्वोत्तर भारतका नेपालीको संघर्षको  कथा भन्छ,’ स्रष्टा क्षेत्री र उहाँको सिर्जना बसाइँको आवरण पृष्ठको तस्बिर पोस्ट गर्दै प्रधानमन्त्रीले लेखेका छन् ।

साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा गएराति असामको राजधानी गुवाहाटीमा निधन भएको हो ।