मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
रासस याङ्गुन
२o८१ चैत १ शुक्रबार १७:o७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

डब्लुएफपीले म्यानमारमा खाद्य सहायता कटौती गर्ने

Read Time : < 1 मिनेट
रासस, याङ्गुन
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार १७:o७:oo

‘महत्त्वपूर्ण कोषको कमी’को कारणले म्यानमारका १० लाखभन्दा बढी मानिस अप्रिलदेखि खाद्य सहायताबाट वञ्चित हुने विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले जनाएको छ।

सन् २०२४ सम्म डब्लुएफपीलाई नौ अर्ब ७० करोड कोषमध्ये चार अर्ब ४० करोड संयुक्त राज्य अमेरिकाले प्रदान गरेको थियो। हाल वासिङटनको अन्तर्राष्ट्रिय सहायता कोषले उक्त रकम कटौती गरिने जनाएको छ।

सन् २०२१ को सैन्य विद्रोहपछि म्यानमार गृहयुद्धको चपेटामा छ। डब्लुएफपीले पाँच करोड १० लाख जनसंख्या भएको यस देशका एक करोड ५० लाखभन्दा बढी मानिसले आफ्नो दैनिक खाद्य आवश्यकता पूरा गर्न नसक्ने बताएको छ।

‘कोषको गम्भीर अभावका कारण अप्रिलदेखि सुरु हुने गरी म्यानमारका १० लाखभन्दा बढी मानिस डब्लुएफपीको जीवनरक्षक खाद्य सहायताबाट वञ्चित हुने’ डब्लुएफपीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

डब्लुएफपीले भनेको छ, ‘यी कटौतीहरू बढ्दो द्वन्द्व, विस्थापन र पहुँच प्रतिबन्धहरूले पहिले नै खाद्य सहायताको आवश्यकतालाई तीव्र रूपमा बढाइरहेको वेलामा आएका छन्।’