मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
रासस मलङ्गवा
२o८१ चैत १ शुक्रबार १८:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाहीमा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

Read Time : < 1 मिनेट
रासस, मलङ्गवा
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार १८:३३:oo

सर्लाहीको मलंगवा–नवलपुर सडकखण्डअन्तर्गत मलंगवा– ४ मा एम्बुलेन्सले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

बिहीबार राति गम्हरियाबाट मलंगवातर्फ जाँदै गरेको एम्बुलेन्सले पैदल हिँडिरहेका व्यक्तिलाई ठक्कर दिँदा सोही नगरपालिका– ३ का ५५ वर्षीय जयप्रकाश जयसवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सरोज राईले जानकारी दिए। घाइते वडा नम्बर ४ का ५२ वर्षीय जितु राय र भारत सीतामढीका २० वर्षीय राकेश गुप्तालाई थप उपचारका लागि जनकपुर पठाइएको उनले बताए।

एम्बुलेन्ससहित चालक फरार रहे पनि एम्बुलेन्सको नम्बर खुलिसकेकाले सोहीअनुसार खोजी भइरहेको प्रहरीले जनाएको छ।