१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी म्याड्रिड
२०७७ माघ १९ सोमबार १६:२९:००
Read Time : > 1 मिनेट
खेलकुद

मेसीले बार्सिलोनासँग गोप्य सम्झौता गरेको खुलासा

Read Time : > 1 मिनेट
एजेन्सी म्याड्रिड
२०७७ माघ १९ सोमबार १६:२९:००

गतबर्ष लियोनल मेसीले अब बार्सिलोना क्लब छाड्ने घोषणका साथै  क्लबसँग बाटो सहज पानै आग्रह गरेका थिए । तर बार्सिलोनाले सम्झौता अझै बाँकी रहेका कारण क्लबमै बस्नु पर्ने अडान लिएको थियो । क्लबको अडानपछि बार्सिलोना र मेसीबीचको सम्वन्ध चिसिएको थियो । 

यसैबीच बार्सिलोनाको वित्तिय संस्था अर्मागेडोनको एउट पत्र हालै लिक भएको छ । यो पत्र लिक हुँदा विश्व फुटबलमा हलचल मच्चिएको छ । आखिर त्यो पत्रमा के छ ? वास्तवमा बार्सिलोना र मेसीबीच सन् २०१६ मा एउटा गोप्य सम्झौता भएको रहेछ । जसअनुसार मेसीले बार्सिलोनासँग ४९ करोड १७ लाख २२ हजार ८५ मिलियन पाउन्डको सम्झौता गरेका थिए । फुटबल इतिहासमा यो अहिलेसम्मकै ठूलो सम्झौता मानिएको छ । 

दुई पक्षीय सम्झौताअनुसार मेसीले बार्सिलोनाबाट प्रतिबर्ष एक करोड २२ लाख मिलियन पाउन्ड पारिश्रमिकका रुपमा लिन्छन । म्याड्रिडबाट प्रकाशित हुने एल मुन्डोले कोरोना भाइरस महामारीका कारण नै बार्सिलोनाले मेसीसँग गरेको सम्झौता पत्र सार्वजनिक नगरेको जनाएको छ । मेसी र बार्सिलोनाबीचको सम्झौता पत्र ३० पेजको रहेको एल मुन्डोले दावी गरेको छ । दुई पक्षबीच चार बर्षका लागी सम्झौता भएको पत्रिकाको भनाइ छ ।

मेसी र बार्सिलोनाबीचको सम्झौता सकिन पाँच महिना मात्रै बाँकी छ । सम्झौताअनुसार मेसीले बार्सिलोनासँग सम्झौता पत्र नविकरण गर्दा ११ करोड ५२ लाख २५ हजार युरो प्रति बर्ष पाउँछन् । साथै उनले बोनसका रुपमा सात करोड ७९ लाख २९ हजार नौ सय ५५ युरो पाउने सम्झौता पत्रमा उल्लेख छ । मुन्डोको अनुसार सम्झौता अनुसार मेसीले अहिलेसम्म बार्सिलोनाबाट ५१ करोड ५१ करोड १५ लाख पाँच सय ४५ युरो आर्जन गरिसकेका छन् । 

बार्सिलोनामा मेसीको नाममा अर्को कीर्तिमान
बार्सिलोनाका कप्तान मेसीले क्लबका लागि ६ सय ५० व्यक्तिगत गोल गरेका छन् । बार्सिलोनाको फुटबल इतिहासमा यो संख्यामा गोल गर्ने उनी एक्ला खेलाडी हुन् ।
मेसीले आइतबार राति भएको स्पेनिस ला लिगामा एटलेटिको विल्बाओविरुद्ध २–१ ले हराउँदा पनि गोल गरेका थिए । खेलको २०औँ मिनेटमा मेसीले फ्रि किकबाट गोल गरेसँगै ६ सय ५० गोल संख्या पु¥याएका हुन् ।

सन् २००४ मा मेसीले बार्सिलोनाबाट डेब्यू गरेका हुन् । बार्सिलोनाका लागि यसअघि सिजर रोड्रिग्वेजले सर्वाधिक २ सय ३२ व्यक्तिगत गोलको कीर्तिमान राखेका थिए । उनले सन् १९४२ देखि १९५५ सम्म बार्सिलोनाबाट खेलेका थिए । मेसीले रियल म्याड्रिड र बार्सिलोनाबीच हुने एल क्लासिकोको प्रतिस्पर्धामा सर्वाधिक २६ गोल गरेका छन् । मेसीले फुटबल इतिहासमै एकै सिजनमा सर्वाधिक ९१ गोल गरेका थिए । सन् २०१२ मा मेसीले यो उपलब्धि हात पारेका हुन् ।