१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार ११:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

फिफा अवार्डमा अर्जेन्टिना हावी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४४:oo

यस वर्ष प्रदान गरिएको अवार्ड वितरण समारोहमा अर्जेन्टिना हावी देखिएको छ । अर्जेन्टिना राष्ट्रिय टिमका तीन सदस्यले यो अवार्ड जितेका छन् । 

वर्षको उत्कृष्ट पुरुष खेलाडी अवार्ड लियोनल मेसीले जिते भने उत्कृष्ट पुरुष प्रशिक्षकको अवार्ड लियोनल स्कालोनीले प्राप्त गरे । उनको प्रशिक्षणमा अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप जितेको थियो ।  

स्कालोनीले म्यानचेस्टर सिटीलाई छैटौँ प्रिमियर लिग उपाधि दिलाएका पेप ग्वार्डिओला र रियल म्याड्रिडका च्याम्पियन्स लिग विजेता प्रशिक्षक कार्लो एन्सेलोटीलाई पछि पारे ।

यस्तै, एस्टन भिल्ला र अर्जेन्टिनी फुटबल क्लबका गोलरक्षक एमिलियानो मार्टिनेज उत्कृष्ट पुरुष गोलकिपर घोषित भए । 

३० वर्षीय मार्टिनेजले कतार विश्वकपको फाइनलमा फ्रान्सविरुद्धको पेनाल्टी सुटआउटमा एकसहित चार पेनाल्टी प्रहार रोकेका थिए । फाइनल खेलको अन्तिम सेकेन्ड बाँकी रहँदा फ्रान्सले प्रहार गरेको सशक्त प्रहार बचाएर उनले अर्जेन्टिनालाई विश्वकप उपाधि दौडमा जीवित राखेका थिए । 

बार्सिलोनाकी एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन् । यस्तै, इङ्ल्यान्डकी प्रशिक्षक सारिना विगम्यान महिलातर्फको उत्कृष्ट प्रशिक्षक बनिन् । महिलातर्फ इङ्ल्यान्डकी मेरी अरप्सले उत्कृष्ट गोलकिपरको अवार्ड जितिन् । 

यी हुन् वर्ष विजेताहरू :
उत्कृष्ट पुरुष खेलाडी : लियोनल मेसी
उत्कृष्ट महिला खेलाडी : एलेक्सिया पुटेलास
उत्कृष्ट पुरुष गोलकिपर : एमिलियानो मार्टिनेज
उत्कृष्ट महिला गोलकिपर : मेरी अरप्स
उत्कृष्ट पुरुष प्रशिक्षक : लियोनेल स्कालोनी
उत्कृष्ट महिला प्रशिक्षक : सरिना विग्म्यान
पुस्कास अवार्ड : मार्सिन ओलेक्सी
उत्कृष्ट फ्यान अवार्ड : अर्जेन्टिना फ्यान
उत्कृष्ट फेयर प्ले अवार्ड : लुका लोचोसभिली

ad
ad