१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ ११ आइतबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ ११ आइतबार १o:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

ड्राइभिङ लाइसेन्स आवेदनका लागि  सीमित संख्या प्रणाली हट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ ११ आइतबार १o:३o:oo

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि लिइने ट्रायल परीक्षाको सीमित संख्या प्रणाली हटाएको छ । शुक्रबारदेखि जतिजनाले पनि आवेदन दिन पाउने भएका हुन् । यसअघि देशभरका १९ कार्यालयले हप्तामा २० हजार आवेदन मात्र लिन सक्ने कोटा तय गरिएको थियो । 

तर, सवारीचालक अनुमतिपत्रको अनलाइन फाराम भर्ने सेवाग्राहीले नियमित रूपमा पाइरहेको एसएमएस सेवा भने बन्द गरिएको छ । विभागले प्राविधिक कारणले गर्दा यो सेवा बन्द गरिएको जानकारी दिएको छ । एसएमएस सेवा अवरुद्ध भएको समयसम्मका लागि आफ्नो अनलाइन प्रणालीबाट प्राप्त रजिस्टर नम्बर सुरक्षित राख्न र सम्बन्धित कार्यालयमा तोकिएको मितिमा सम्पर्क गर्न अनुरोध गरेको छ । 

विभागले ट्रायल दिन चाहनेहरूका लागि अनलाइनमार्फत फाराम भर्न सक्ने व्यवस्था गरेको छ । पछिल्लो ९ महिना (११ चैत) देखि आवेदन दिने क्रम बन्द भई केही अघि मात्र खोलेको हो । लामो समय आवेदन फाराम भर्न रोकिएपछि अत्यधिक भिड भएका कारण सिस्टमले नै काम नगर्ने समस्या थियो ।

यातायात व्यवस्था विभागका निर्देशक डा. लोकनाथ भुसालका अनुसार दैनिक २० हजारजनाले आवेदनका लागि अनलाइन प्रणालीमा ‘हिट’ हुने गरेको थियो । कोटा प्रणाली हुँदा एउटै व्यक्तिले पनि पटक–पटक फाराम भर्न खोज्ने र भर्न नसक्दा प्रणालीमा चाप पर्न गई सर्भर डाउन हुने समस्या थियो । नयाँ प्रणाली कार्यान्वयनमा आएपछि यो समस्या हट्ने यातायात व्यवस्था विभागका अधिकारीहरूको भनाइ छ ।

ad
ad
ad
ad