![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/hunma_citizen-bank2021-01-10-12-29-00.jpeg)
सिटिजन बैंककाे हुम्ला शाखामा कार्यरत दुईजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैंक सिल गरिएको छ ।
सिमकोट शाखामा कार्यरत दुई कर्मचारीमा कोभिड– १९ संक्रमण देखिएपछि दुई दिनका लागि बैंक सिल गरिएको सिटिजन बैंक हुम्ला शाखाले जनाएको छ । बैंकका अनुसार आइतबार र सोमबारका लागि सिटिजनका बैंकको कारोबार बन्द हुनेछ ।
जिल्ला अस्पताल हुम्लामा गरिएको इन्टिजिन विधिबाट परीक्षण गर्दा संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख सरिता बोहराले बताइन् । बोहराका अनुसार पाँचजनाको एन्टिजिन विधिबाट परीक्षण गर्दा दुईजनामा संक्रमण देखिएको थियो ।