मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २५ शनिबार
  • Thursday, 19 December, 2024
२o७७ पौष २५ शनिबार २o:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले जनताको विश्वासमाथि कुठाराघात गरे : महन्थ ठाकुर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष २५ शनिबार २o:१८:oo

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विश्वासमाथि कुठाराघात गरेको बताएका छन् । जसपाले भैरहवामा शनिबार आयोजना गरेको विरोधसभामा ठाकुरले जनताले पाँच वर्षका लागि बनाएको प्रतिनिधिसभा विघटन गरेर ओलीले जनभावनामाथि कुठाराघात गरेको बताएका हुन् ।


ठाकुरले कोरोना महामारीका कारण देश थलिएको अवस्थामा जनताको सेवा गर्न छोडेर प्रधानमन्त्रीले देशलाई संकटग्रस्त अवस्थामा पु¥याएको दाबी गरे । ओलीको कदमका कारण संघीय सरकारदेखि प्रदेश सरकारसम्म संकट सिर्जना भएको उनले बताए । 

पार्टीभित्रको आन्तरिक विवादलाई लिएर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नु अलोकतान्त्रिक भएको बताए । 

विरोधसभामा जसपा केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्र राय यादवले कांग्रेस र कम्युनिस्टलाई साथमा लिएर प्रतिनिधिसभा पुनस्र्थापना गराउने दाबी गरे । सबै जनतालाई प्रतिनिधिसभा विघटनको विरुद्ध एक भएर संघर्षमा उत्रन उनले आह्वानसमेत गरे ।