इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको श्रीविजया एयरवेजको बोइङ ७३७ विमान उडेको केहीबेरमै विमानस्थलसँग सम्पर्कविहीन भएको छ । यस विमानमा ६२ जना यात्रु यात्रारत थिए ।
फ्लाइट ट्रेकिङ वेबसाइट फ्लाइट राडर २४ डटकमका अनुसार यो विमान एक मिनेटभित्रै दस हजार फुट तल झरेको थियो । इन्डोनेसियाको उड्डयन मन्त्रालयका अनुसार विमान सम्पर्कविहीन भएलगत्तै खोजी तथा उद्धार प्रक्रिया सुरु गरिएको छ । यो विमान स्थानीय समयअनुसार शनिबार दिउँसो २ः४० बजेबाट सम्पर्कविहीन भएको छ ।
श्रीविजया एयरले पनि सम्पर्कविहीन भएको विमानको खोजी गरिरहेको जनाएको छ । बेस्ट कलिमनतन प्रान्तका प्रत्यक्षदर्शीका अनुसार विमान दुर्घटना भइखसेको र ठूलो आवाज सुनिएको थियो । समुद्रमा माछा मारिरहेका ती प्रत्यक्षदर्शीले विमान समुद्रमा खसेको देखेको दाबी गरेको बिबिसीको समाचारमा उल्लेख छ ।