१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ पौष २५ शनिबार १८:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको दाबी– देश र संविधानमाथि होइन, स्वार्थी तत्वहरूको स्वार्थमा संकट (भिडियोसहित)

Read Time : < 1 मिनेट
२०७७ पौष २५ शनिबार १८:५५:००

प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिन पनि तलमाथि नगरी निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन् । राष्ट्रिय युवा संघले शनिबार काठमाडौंमा आयोजना गरेको ताजा जनादेशका लागि घोषित मध्यावधि निर्वाचनको स्वागतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आगामी वर्ष १७ र २७ वैशाखमा नै निर्वाचन हुने बताए । 

एक दिन पनि निर्वाचन तलमाथि नहुने भन्दै उनले कार्यकर्ताहरूलाई निर्वाचनको वातावरण सिर्जना गर्न आग्रह गरे । ओलीले देश र संविधानमाथि संकट नपरी स्वार्थी तŒवहरूको स्वार्थमा संकट परेको टिप्पणी उनको छ ।

उनले सरकारलाई काम गर्न नदिने, संविधानको कार्यान्वयन हुन नदिने, संवैधानिक आयोगहरूलाई पूर्णता दिन नचाहनेलगायतका विभिन्न अवरोध सिर्जना गरिएका कारण देशमा बाँकी रहेको अवधिलाई खेर नफाल्न निर्वाचनमा जानुपर्छ भनि निर्वाचन घोषणा गरेको बताए । 

ओलीले आफूलाई लोकतन्त्र मास्न लागेको आरोप लगाइएको भन्दै लोकतन्त्र जोगाउन जेलनेल भोगेर आएकाले निर्धारित मितिमै निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरे । ओलीले प्रतिनिधिसभा विघटन संवैधानिक भएको जिकिर पनि गरे । सर्वोच्च अदालतलाई सडकबाट प्रभावित गराउन खोजिएको भन्दै उनले स्वतन्त्र न्यायपालिकाको कदर गर्नुपर्ने बताए । 

उनले चुनाव चिह्न, पार्टीको लोगोलगायत पार्टीको आधिकारिकता अरूले दाबी गर्न नमिल्ने बताए । ओलीले आफ्नो पार्टीलाई मधेसविरोधी भनी हल्ला चलाए पनि तराई, मधेसको विकासमा दत्तचित्त भएर लागेको बताए । तराईमा विकास निर्माणका काम धेरै भएको बताउँदै प्रधानमन्त्री ओलीले हिमाल, पहाड र तराई सबैतिर विकासको लहर ल्याई देशको विकास गर्ने उनले दाबी गरे ।