मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ पौष २४ शुक्रबार
  • Wednesday, 02 September, 2026
२o७७ पौष २४ शुक्रबार ११:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विभिन्न बहानामा ठगी गर्ने युवतीलाई काठमाडौंबाट दैलेख ल्याइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष २४ शुक्रबार ११:५७:oo

विभिन्न प्रलोभनमा दुई करोडभन्दा बढी ठगी गर्ने २३ वर्षीया विद्या शर्मालाई दैलेख ल्याइएको छ । काठमाडौंमा पक्राउ परेकी विद्यालाई ६० लाखभन्दा बढी रकम ठगी भएको भन्दै दैलेख प्रहरीमा परेको उजुरीका आधारमा दैलेख ल्याइएको हो । 

दैलेख प्रहरीले उनलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । उनलाई दैलेख ल्याउनेबित्तिकै ठगीमा परेका तथा उधारोमा सामान लिएका व्यापारीहरूको पनि निवेदन पर्न सुरु भएको प्रहरीले बताएको छ । 

गत असारमा कोरोना महामारीमा राहत वितरण गर्ने बहानामा दैलेख आएकी सुनसरी जिल्ला  इटहरी उपमहानगरपालिका– ४ स्थायी घर भएकी २३ वर्षीया विद्या शर्माले जिल्लाका विभिन्न व्यापारीबाट उधारोमा सामान लिएर गाउँमा वितरणसमेत गरेकी थिइन् । 

अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रसको नेपाल प्रतिनिधि बताउँदै आएकी उनले आफूलाई अमेरिकाका लागि भिसा लागेकाले ८–१० जना लान सकिने भन्दै दैलेखका युवाहरूबाट ६० लाखभन्दा बढी रकम ठगी गरेको निवेदन परेको दैलेख प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए । 

ती युवतीले  नारायण नगरपालिका– १ नयाँ बजारका मनोज थापाको ९० हजार, सोही वडाका विवेक थापाको ५२ लाख १४ हजार १० रुपैयाँ ठगेको निवेदन परेको श्रेष्ठले बताए । 

जिल्ला अदालत दैलेखको पक्राउ अनुमतिबमोजिम महानगरीय प्रहरी परिसर टेकु काठमाडाैंसँग समन्वयमा पक्राउ गरी युवतीलाई दैलेख ल्याएर विस्तृत अनुसन्धान सुरु भएको प्रहरी प्रमुख श्रेष्ठले बताए ।