मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष १२ आइतबार
  • Friday, 20 December, 2024
२o७७ पौष १२ आइतबार २o:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कुशासन र भ्रष्टाचार अन्त्यका लागि ताजा जनादेश उपयुक्त विकल्प : कमल थापा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष १२ आइतबार २o:२८:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले मुलुकले भोग्नुपरेको संकट, कुशासन र भ्रष्टाचारको अन्त्यका लागि ताजा जनादेशमा जानु उपयुक्त विकल्प र अवसर भएको बताएका छन् । पर्साको वीरगन्जमा आयोजित विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै थापाले अदालतमा भएको विषयमा धेरै चर्चा गर्नु सान्दर्भिक नहुने भन्दै सरकारले काम गर्न नसकेको, कुर्सी, सत्ता र भ्रष्टाचारको भागबन्डाका कारण देश र जनताले संकट भोग्नु परिरहेको बताए । 

प्रचण्ड र ओलीको झगडा जनता र देश हितका लागि नभई भागबन्डा र स्वार्थमा केन्द्रित भएको उनले बताए । नेकपाभित्रको अन्तर्विरोध र कलहको बोझले देशलाई दुर्घटनाउन्मुख बनाएको थापाको टिप्पणी थियो । 

व्यक्ति परिवर्तनले समस्या समाधान नहुने भन्दै थापाले गलत नीति र बाटो नै परिवर्तन गर्नुपर्नेमा जोड दिए । थापाले भने– हामी आफैँ देश बनाउन सक्छौँ, राप्रपालाई विश्वास गर्नुस् हिन्दू राष्ट्र दिन्छौँ, राजसंस्था दिन्छौँ। विकास र समृद्धि दिन्छौँ ।

थापाले  निरंकुश राजतन्त्र खोजेको नभई राजादेखि विप्लव, कांग्रेस, कम्युनिस्ट, मधेसवादी सबै अट्ने व्यवस्था राप्रपाले चाहेको बताए । 

कार्यक्रममा वरिष्ठ नेता राजीव पराजुलीले मधेस र मधेसी जनताको हकहित र विकासको निमित्त राप्रपा नै आवश्यक भएको बताए ।