१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०७७ पौष ६ सोमबार १६:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाध्यात्मक परिस्थितिका कारण संसद् विघटन : मुख्यमन्त्री पौडेल

Read Time : < 1 मिनेट
२०७७ पौष ६ सोमबार १६:३८:००

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसद् विघटनबारे प्रतिक्रिया दिँदै बाध्यात्मक परिस्थितिका कारण कदम चालिएको दाबी गरे ।

बाध्यात्मक परिस्थितिका कारण भएको संसद् विघटनको प्रभाव प्रदेश तहमा पनि देखिएको उनले बताए । ‘संसद् विघटनको असर प्रदेश तहमा देखिनु स्वाभाविक हो,’ उनले भने, ‘सरकारको कदम गलत वा सहीबारे मैले केही भन्न चाहिनँ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले सोचविचार र व्यापक सल्लाह गरेर संसद् विघटनको कदम चालेको दाबी गर्दै मुख्यमन्त्री पौडेलले असंवैधानिक नभएको प्रतिक्रिया दिए । 

‘कानुन बुझेकाहरूले असंवैधानिक भनिरहेका छन् । अब यसबारे अदालतबाटै टुंगिन्छ,’ उनले भने । केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने निर्णय गरेमा पार्टी औपचारिक रूपमा विभाजनतर्फ उन्मुख हुने उनको भनाइ छ ।