१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार २o:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बागमतीमा मन्त्रालय विभाजन गर्न एकीकृत समाजवादीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २o:o६:oo

बागमती प्रदेशमा मन्त्री व्यवस्थापन जटिल बन्दै गएको छ। विश्वासको मत लिने क्रममा १२ मन्त्रालय रहेको बागमती प्रदेशमा मन्त्रीको संख्या १३ पुर्‍याएका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई मन्त्रालय व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

सत्तासाझेदार दल एकीकृत समाजवादीले अहिलेकै अवस्थामा मन्त्रालयको भागबन्डा स्वीकार गर्न नसक्ने भन्दै मन्त्रालय पुनः विभाजन गर्न माग गरेपछि मुख्यमन्त्री जम्कट्टेललाई मन्त्री व्यवस्थापन चुनौती बनेको हो। 

एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बिहीबार हेटौँडामा बसेको बैठकले मन्त्रालय पुनः विभाजन गरेर सरकारमा सहभागी दलहरूमा शक्ति सन्तुलन मिलाएर अघि बढ्नुपर्ने निर्णय गरेको दलका नेता कृष्णप्रसाद शर्मा खनालले बताए।

नेता खनालले हालकै अवस्थामा १२ मन्त्रालय कायम गरे मन्त्री फिर्ता नबोलाउने, तर सरकारमा सहभागी भएका आफ्ना तीनजना मन्त्रीको सम्मानजनक व्यवस्थापन गरिनुपर्ने बताए। 

उनले सरकारमा सहभागी विनाविभागीयमन्त्रीलाई एक साताभित्र विभाग तोक्ने सहमतिविपरीत मुख्यमन्त्रीले २५ दिनदेखि झुलाइरहेको आरोप लगाए। तत्काल विनाविभागीयमन्त्रीलाई विभाग तोक्नुपर्ने, तर मन्त्रालयको संख्या भने बढाउन नपाउने उनको भनाइ छ।

‘मन्त्रालयको संख्या घटाए सत्तारुढ दलहरूकै अनुसार भाग हामीले पनि पाउनुपर्छ। त्यस अवस्थामा भने हामी हाम्रो दलबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउँछौँ। हैन भने सरकारमा सहभागी मन्त्री फिर्ता हुँदैनन् र सम्मानजनक व्यवस्थापन हुनुपर्छ,’ उनले भने।

बैठकबाट सरकारले आगामी वर्षका लागि निर्माण गर्ने नीति तथा कार्यक्रम र बजेट कार्यक्रममा सम्मानजनक सहभागिता दिनुपर्ने र संवैधानिक नियुक्तिहरूमा समान अवसर कायम गरिनुपर्ने निर्णय गरेको पनि नेता शर्माले जानकारी दिए। बैठकका निर्णयहरू लिखित रूपमै मुख्यमन्त्रीलाई पेस गर्ने तयारी रहेको पनि उनले बताए।

ad
ad