मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष ५ आइतबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष ५ आइतबार १o:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रिलायन्स लाइफले नेपाल स्टारका  विजेतालाई १ करोडको बिमा योजना दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष ५ आइतबार १o:१६:oo

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल स्टारका विजेतालाई १ करोड रुपैयाँबराबरको जीवन शान्ति बिमा योजना प्रदान गर्ने भएको छ । यससँगै कम्पनीले दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई ५० लाख रुपैयाँबराबरको जीवन शान्ति बिमा योजना प्रदान गर्नेछ । 

यससम्बन्धी सम्झौतामा रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र कि एडभरटाजिङ सर्भिस प्रालिका प्रबन्ध निर्देशक रवीन्द्रकुमार रिजालले हस्ताक्षर गरेको जनाइएको छ । हस्ताक्षर कार्यक्रममा नेपाल स्टारका निर्णायक मण्डलका सदस्य संगीतकार आलोक श्री र रामकृष्ण ढकाललगायत कम्पनीका वरिष्ठ पदाधिकारीको उपस्थिति रहेको थियो ।